राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठामा यो वर्ष विस्तार भएको चैते धान बालीमा देखिएको समस्या बुझ्न प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन इकाईले स्थलगत अनुगमन शुरु गरेको छ ।
यस बर्ष बिस्तार गरिएको चैते धानमा जिंक,पात बेरुवा र गवारो किराको समस्या देखिन थालेपछि इकाईका प्रमुख सहित प्राविधिक कर्मचारीहरु कृषकका खेतबारीमै पुगेका हुन।
चैते धान उत्पादन सुरु गरेका किसानहरुलाई हौसला दिन,रोग किराको समस्या बुझ्न अनुगमन शुरु गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख चुमान गिरी सहित प्राविधिकहरुले यस बर्ष बिस्तार गरिएका पालिकाका प्रत्येक किसानको खेतमा पुगेर धानवालीको समस्या संकलन गर्न शुरु गरिएको जानकारी दिईएको छ।
मङ्गलबार अनुगमन गर्दा जिंक,पात बेरुवा र गवारो किराको समस्या देखिन लागेको कार्यालय प्रमुख गिरीले बताउनुभयो।
उहाँका अनुसार किसानलाई समस्या समाधानका उपायहरुको बारेमा सुझाव दिईएको छ।
सम्बन्धित खवर
बड्डाडामा मौरीजन्य सामग्री उत्पादन सम्बन्धि प्रशिक्षण
प्युठानमा माघमा छैठौं महोत्सव लगाउने निर्णय
गणतन्त्र दिवसमा प्युठान कारागारबाट १ जना कैदी रिहा
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्