वेवारिसे शिशु(छोरी)को संरक्षक बन्न चाहने ब्यक्तिलाई निवेदन दिन प्युठान न.पा को आग्रह

वेवारिसे शिशु(छोरी)को संरक्षक बन्न चाहने ब्यक्तिलाई निवेदन दिन प्युठान न.पा को आग्रह

राम बहादुर बिश्वकर्मा
प्युठान,करिब ४ साताअघि प्यूठान नगरपालिका-४ जुम्रीमा बेबारिसे अबस्थामा फेला परेको शिशुको अभिभावकत्व ग्रहणका लागि प्युठान नगरपालिकाले इक्छुक ब्यक्ति वा परिवारलाई निबेदन दिन माग गरेको छ।शुक्रबार प्यूठान नगरपालिकाको स्थानीय बाल अधिकार समितिले ७ दिन भित्र आवश्यक कागजात सहित निबेदन दिन सूचना प्रकाशित गरेको हो।नगरपालिकाको स्थानीय बाल अधिकार समितिको बैठक बसेर उक्त निर्णय गरि सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो।हक दाबिको लागि पहिलो पटक सुचना प्रकाशन गरिएको थियो, कोहि सम्पर्कमा आउन सक्नुभएन, प्रमुख प्रशासकिय अधिकृत भण्डारीले भन्नुभयो -" अभिभावकत्व ग्रहणका लागि ७ दिने सुचना निकालिएको छ निवेदन दिनेहरू मध्येबाट सबै प्रक्रिया पूरा गरी छनौटमा परेकालाई मात्र शिशुलाई जिम्मा लगाइनेछ।गत माघ १७ गते बिहान ६:४० को समयमा प्युठान नगरपालिका–४ स्थित होटेल आयुस्मा तर्फ जाने कच्ची भित्री सडक किनारामा स्थानीय छाँया भण्डारीको बाख्रा बाध्ने कटेरोमा बोराको डाडिमा सालनाल सहितको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरी लाई खबर गरेपछि प्रहरी  टोलीले शिशुलाई उद्धार गरी जिल्ला अस्पताल प्युठानमा लगिएको थियो। 
शिशु भेटिएदेखि नै शिशुलाई धर्मपुत्र बनाउने करिब एक सय बढी इच्छुक व्यक्तिहरू देशका विभिन्न स्थानबाट सम्पर्कमा आइसकेको प्युठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले जानकारी दिनुभयो। धर्मपुत्रका रुपमा पालनपोषण गर्न चाहने धेरै जसो व्यक्ति निसन्तान दम्पती रहेको उहाँले बताउनुभयो।

तस्बिर : यिनै हुन बेवारिसे छाडिएको शिशु (छोरी)


सेतो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्णरुपमा स्वास्थ्य रहेको शिशुको हकदाबीका लागि नगरपालिकाले माघ २२ गते १५ दिने सूचना निकालेको थियो।
सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदाबीका लागि नगरपालिका नआएपछि नगरपालिकाले बालकको पालनपोषण स्वास्थ्य उपचार,शिक्षा तथा बालकको हेरचाह गर्न चाहनेले निवेदन दिन आग्रह गरेको हो। 
तोकिएको प्रमाण कागज संलग्न राखी मुलुकी देवानी संहिता २०७४ र बालबालिका सम्बन्धी ऐन २०७५ तथा नियमावली २०७८ मा भएको व्यवस्था अनुरुप (सात) दिन भित्र तपसिल बमोजिमको कागज प्रमाणसहित निवेदन पेस गर्न भनिएको छ।
शिशु (छोरी)लाई अहिले पनि जिल्ला अस्पतालमा राखिएको छ।

आवश्यक कागजातहरु

१)नेपाली नागरिक हुनुपर्ने।

२)आर्थिक रुपमा सक्षम भएको स्थानीय तहको सिफारिश (आयश्रोत झल्किने अन्य कागजात)।

३)घरेलु हिंसा, बालबालिका विरुद्धको कसुर तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी नठहरिएको स्वघोषणा।

४)मान्यता प्राप्त चिकिस्तकबाट शारिरिक तथा मानसिक रुपमा बालबालिका हरेचाह गर्न सक्षम भएको, दीर्घकालिन उपचार गर्नुपर्ने वा सरुवा रोग बाट संक्रमित नभएको, लागु पदार्थ दुर्व्यसन वा अन्य कुनै कुलतमा नफसेको सम्बन्धि सिफारिस।

५)शिशु र संरक्षकको उमेरको फरक कम्तिमा २५ वर्ष नाघेको हुनुपर्ने ।
६) निसन्तान हुनुपर्ने ।७)विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नभएको दम्पति।

८)पैंतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला।

९)पैंतालीस वर्ष उमेर पूरा भएको अविवाहित, विधुर,सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी