घुमन्ते ब्यापारीलाई प्युठानमा रोक,ब्यापारी भन्छन् : हामी मारमा पर्‍यौं

घुमन्ते ब्यापारीलाई प्युठानमा रोक,ब्यापारी भन्छन् : हामी मारमा पर्‍यौं

सीता बि.क
प्युठान,उद्योग बाणिज्य संघ प्युठानले घुमन्ते ब्यापारीलाई निषेध गरेको छ। अनाधिकृत जिल्लाका बिभिन्न गाँउ गाँउहरुमा घुमेर स्थानियलाई ठगी गर्दै हिड्ने गरेको पाईए पछि आईतबार जिल्लाको स्थानीय तह प्रवेशद्धार वा मुख्यमुख्य स्थानहरुमा अनाधिकृत झोले कुम्ले व्यापारीहरुको लागि जानकारीमुलक होडिङ्ग वोर्ड राख्दै निषेध गरेको हो ।
 
स्थानिय तह, राजस्व कार्यालय, घरेलु कार्यालय आदीमा दर्ता नै नगरेर बजार तथा गाँउहरुमा घुमन्ते रुपमा ब्यापार गर्दा जिल्लाका ब्यापारीहरु मर्कामा पर्ने भएकाले यस्तो कार्यको थालनी गरिएको प्युठान उद्योग बाणिज्य संघका महासचिब शन्देस आचार्यले जानकारी दिए।
‘जिल्लाका धेरै ब्यापारीहरु ब्यापार दर्ता गरेर सञ्चालन गरेका छन्, उनीहरुले राज्यलाई राजस्व तिरिरहेका छन्’ उनले भने –‘तर घुमन्ते ब्यापारीहरुले ब्यापार दर्ता नगरी, राज्यलाई कर नतिरेर ब्यापार गरिरहेका छन्, यसले गर्दा यहाँ ब्यापारी मर्कामा परेका छन्, त्यसैले घुमन्ते ब्यापारीलाई निषेध गरिएको हो ।’
यस अघि पनि स्थानीय तहहरुले सूचना निकालेको तर त्यो पूर्णरुपमा कार्यान्वय नभएको हुँदा अहिले त्यसलाई करको दायरा र पूर्णरुपमा कार्यान्वयनमा ल्याउनको लागि यो कार्यलाई तिव्रता दिईएको संघका महासचिव आचार्यको भनाई छ।
दैनिक रुपमा गाउँघरमा घुम्ने यस्ता कुम्ले ब्यापारीहरुबाट उपभोक्ताहरु ठगिने भएकोले सो कामलाई निरुत्साहित गर्न सहयोग गरिदिन सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत जिल्ला स्थित सबै सरोकारवाला निकायहरुलाई प्यूठान उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
घुमन्ते ब्यापार गर्नेहरुमा सबै भन्दा धेरै कपडा ब्यापारी रहेका छन् ।