दाङमा प्रहरीले गरे आफ्नै श्रीमतीलाई गोली हानी हत्या   


दाङ,दाङको घोराहीमा गोली प्रहार गरी एक महिला प्रहरीको हत्या भएको छ।घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको बिहिबार साझ करिव साढे ७ बजेको समयमा गोली हानी हत्या भएको हो।
धनमायालाई उनका पति यमबहादुर झाँक्रीले गोली प्रहार गरेको प्रहरीले बताएको हो । गोली हानेर भाग्दै गरेका थापाका श्रीमान  झाक्रीलाई भने लमहीको अर्जुनखोलाबाट प्रहरीले समातेको छ। उनीहरु दुवै जना प्रहरी हुन्।