राम बहादुर बिश्वकर्मा
प्युठान,प्यूठानमा १३ ओैँ राष्ट्रपति रनिङ्गशिल्ड खेल प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ।
प्युठान नगरपालिका वडा नम्बर ४ स्थित गणतान्त्रिक खेलमैदानमा दिउँसो भएको उद्घाटन सत्रमै आयोजक तथा व्यवस्थापन पक्षको कमजोरी छताछुल्ल देखियो।
प्रतियोगितामा ९ वटै स्थानीय तहका टोली सहभागी प्रतियोगिताको उद्घाटन कार्यक्रममा ९ वटै टोलीका सयौं बढी खेलाडी मार्चपासमा सहभागी भए।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका यातायात व्यवस्था मन्त्री रोज राँणालाई निम्त्याएको उक्त कार्यक्रममा नत सहभागी सबै अतिथिलाई आसन ग्रहण गराइयो,नत पोटफलियो मिल्यो,नत बक्ताको साउण्ड नै सुनियो।
सबै स्थानीय तहदेखि निम्त्याइएका आमन्त्रित व्यक्तित्व अचम्मित भए।यद्यपी,उनीहरु यस विषयमा बोल्न चाहँदैनन्।
जिल्ला खेलकुद बिकास समितिका सदस्य सचिवले समितीलाई बेवास्ता गरि कार्यक्रम सन्चालन गर्ने जिम्मेवारी आफै लिएकाले कार्यक्रममा त्रुटि देखिएको समितिका एक सदस्यले बताए।
निकै अस्तव्यस्त र भद्रगोल व्यवस्थापनका बीच कार्यक्रम उद्घाटन गरिएको भन्दै आयोजक जिल्ला खेलकुद बिकास समितिको चौतर्फी आलोचना भइरहेको छ ।
समितिका अध्यक्ष हुमलाल नेपाली हुन्। उनका अनुसार प्रतियोगिताको व्यवस्थापकीय जिम्मा आफै समितिले लिएको हो। उद्घाटन सत्र लथालिङ्ग हुनुको कारण समितीलाई नै लगाएका छन्।
अध्यक्ष नेपालीले पैरवी अनलाइन सँग भने-समितिको सदस्य सचिब कार्यालय प्रमुख हुने ब्यबस्था छ,उहाँले म कार्यक्रम सन्चालन गर्छु भनेपछी जिम्मा नदिने कुरै भएन ‘ कार्यक्रमको सेडुल सल्लाहले नै बनाएका थियौं तर सन्चालनको क्रममा
पोर्टफोलियो तलमाथि चाहिँ भएको हो।’
खेल उद्घाटन सत्रमा कार्यक्रम सञ्चालन लगायतका बिषय अव्यवस्थित र भद्रगोल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका यातायात व्यवस्था मन्त्री रोज राँणाले दुख व्यक्त गरे।
उनले खेलको उद्घाटन सत्रमा बोल्दै राज्यले लाखौं लगानी गरेको खेलकुद क्षेत्रमा व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानु पर्ने पनि राणाले बताए।
तस्बिर: खेलाडीलाई शुभकामना मन्तव्य दिदै लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राँणा
राज्यको रकमलाई अव्यवस्थित रुपमा खर्च गर्न कसैलाई पनि अधिकार छैन बास्तवमा राज्यको लगानी प्रतिफलमुखी हुनुपर्ने हुन्छ,’राणाले भने।कसैको लहड र व्यक्तिगत इगोको भरमा हतारमा राष्ट्रको लगानी सक्ने काम गर्न नहुने पनि राणाको भनाई छ।साथै कार्यक्रममा सहभमगि नौ वटै स्थानिय तहबाट सहभागी बिद्यार्थी खेलाडिहरुलाई उनले सफलताको शुभकामना व्यक्त गरे।
उता खेलकुद बिकास समितिका प्रमुख तथा सदस्य सचिब गोबिन्दराज पण्डितले आफुले सन्चालन गरेको कार्यक्रम आफैलाई ठिक नभएकोमा सहमत छ्न।
पहिलोपटक भक्तपुर रहदा यस्तो कार्यक्रम सन्चालन गरेको अनुभव थियो उनले भने",राम्रै गर्छु भन्ने लागेको थियो कार्यक्रम सोचे जस्तो भएन।"
समितिलाई बेवास्ता गरेर नै कार्यक्रमको आफै सेडुलेसन गर्नुभएको त होइन?भन्ने प्रश्नमा समितिका सबै साथिहरुको सल्लाह अनुसार जिम्मेवारी लिएको उनी बताउछन्।
प्रतियोगितामा प्यूठानका नौ वटै स्थानिय तहबाट खेलाडीहरु छनौट भएर सहभागी भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
रनिङ्गशिल्ड प्रतियोगितामा एथलेटिक्सका सबै खेलहरु खेलाईने आयोजकले जनाएकोछ।खेल सञ्चालनका लागि प्रत्यक स्थानिय तहबाट रु ८० हजारका दरले,प्यूठान नगरपालिकाले रु २ लाख, प्रदेश सरकारबाट करिब ३ ला ५० हजार रकमको व्यव्थापन गरिएको खेलकुद समितिकाे संरक्षक रहेका जिल्ला समन्वय समितिका प्रमुख धरम जिसीले बताए।
प्रतिक्रिया राख्नुहोस्