प्युठानमा फाइजर वायोएनटेक खोप लगाईने

सीता बि.क
प्युठान,प्युठानमा १२ बर्ष माथिकालाई फाइजर-वायोएनटेक खोप लागाउने भएको छ।

सोमबार जिल्लाका सन्चारकर्मीहरु सङ्ग स्वास्थ्य कार्यालय प्युठानले गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा यहि माघ २४ देखि २८ गते सम्म जिल्ला स्थित ९ वटै स्थानीय तहका खोप केन्द्रमा पुगि उक्त  खोप लगाउन लागिएको कार्यालयका कोलचेन अधिकृत कोशलराज बैद्दले जानकारी दिनुभयो।
उहाँका अनुसार यो खोप झोलको रुपमा भायलमा उपलब्ध हुन्छ।थप बुस्टर र एक पटक पनि खोप नलगाएकाले लगाउन मिल्दैन,दीर्घ रोगिले लगाउन मिल्दैन,०.३ एम एल मासुमा लगाईने सेतो वा हल्का धमिलो सेतो हुन्छ। झोलको रुपमा उपलब्ध भएकाले सिधै यो खोप बायाँ पाखुरामा लगाउनु पर्दछ।
खोप लगाउने पुर्वतयारी स्वरुप स्वास्थ्य कार्यालय प्युठानले बिजुवारमा आयोजना गरेको कार्यक्रममा फाइजर वायोएनटेक खोप के हो ? कोभिड–१९ रोग विरुद्धको यो खोप लागाए पश्चात् देखिने असरको बारेमा समेत बाताइएको थियो। 

जिल्लामा १ लाख ६० हजार खोप लगाउन योग्य भएपनि खोप अभियानबाट जिल्लामा करिब ४१ हजार डोज दिइनेछ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख धुसूदन खड्काले उक्त कार्यक्रमको संचालन गर्नुको उद्देश्यका वारेमा प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा जिल्लामा स्थापित पत्रकारहरुको सहभागिता रहेको थियो।