प्युठानमा यातायात ब्यबस्था कार्यालय स्थापना हुनेछ : मन्त्री राणा

प्युठानमा यातायात ब्यबस्था कार्यालय स्थापना हुनेछ  : मन्त्री राणा

प्यूठान,लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने बताउनुभएको छ । प्युठानबाट भारतको दिल्लीका लागि बस सेवा उद्घाटन गदैै मन्त्री राणाले उक्त कुरा बताउनुभएको हो । “मैले फाइल अगाडी बढाएको छु,”उहाँले भन्नुभयो, “मेरो कार्यकालमा यातायात कार्यालय स्थापना हुन्छ ।”

आफ्नो मन्त्रालय विकाससँग प्रत्यक्ष जोडिएको नभएपनि आफूले जिल्लाको विकासका लागि पहल गर्ने उहाँले बताउनुभयो । “मैले सक्ने काम, कानुनले मिल्ने काम गर्न म सधैभरि प्रतिवद्ध छु,”, मन्त्री राणाले भन्नुभयो,“प्यूठानको विकासका लागि म सधैभरी तयार छु, ।”