जनताको बिचमा माओबादी :"बिशेष रुपान्तरण अभियान'' को तीब्र तयारी

जनताको बिचमा माओबादी :"बिशेष रुपान्तरण अभियान'' को तीब्र तयारी

प्युठान,नेकपा माओबादि केन्द प्युठान नगरपालिका ७ नम्बर नगर समितिको आयोजनामा बिस्तारित बैठक सम्पन्न भएको छ।
बिहीबार  वडा कमिटिको बैठकले पार्टिले तय गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत वडा कमिटी लाई थप मजबुत बनाउने उद्देश्यले उक्त  बैठक आयोजना गरिएको हो।
बैठकमा प्युठान नगर कमिटिका सचिब सुमन श्रेष्ठको प्रमुख आथिथ्यता रहेको थियो।
बैठक लाई सम्बोधन गर्दै वडाको इन्चार्ज समेत रहेका श्रेष्ठले जनतासँग माओवादी विशेष रुपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुवात गरिएको बताउनुभयो।
आफुलाई एक नम्बर वार्डको इन्चार्ज तथा संयोजनको जिम्मेवारी बमोजिम भूगोल ७ नम्बर वाड रहेको बताउदै सचीव श्रेष्ठले जनता सँग माओबादि बिशेष ३ महिने रुपान्तरण अभियान सफल पार्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो।
पार्टी पुनः निर्माण सहित जनतामा जाने रुपान्तरित अभियानमा सबैको सकारात्मक सल्लाह,सुझाव र सहयोग संगै अभियानमा सामेल हुन समेत उहाँको आग्रह छ।