जथाभावी संरचना निर्माणले मरन्ठानामा बाढीको बितण्डा (फोटो फिचर)

जथाभावी संरचना निर्माणले मरन्ठानामा बाढीको बितण्डा (फोटो फिचर)

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठानाकि ३७ वर्षीया पार्बती सुनार यति बेला बाँकी जीवन कसरी चलाउने होला भन्ने चिन्तामा छिन्। शुक्रवार एक्कासि खहरे आएपछि  कमाएर खाने ४ रोपनी खेत बगाएपछि सुनारको चिन्ता थपिएको हो। ‘हातमुख जोर्ने सबै जमिन बाढीमा बग्यो’, उनले भनिन्-‘अब के खाएर कसरी जीवन गुजार्ने बाढीले सुकुम्बासी बनायो।’ “बेलुका सुत्दा त ठीकै सुतेका हुन्छौँ तर,रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निन्द्रा नै लाग्दैन”,गहभरी आँसु झार्दै सुनारले भनिन,“राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने चिन्ता ले सताउछ त आकाशमा कालो बादल मडारिँदा आफूहरुको मनमासमेत पीडाका भावहरु मडारिने गरेको सुनार बताउँछिन।

तस्बिर: सम्पत्तिको नाममा रहेको खेत बगर भएको स्थानमा गहभरी आँसु झार्दै पीडित पार्बती सुनार 


बुढादेबीमा रहेको बस्तीका बाँकी झण्डै एक दर्जन परिवारमा यति बेला सुनारको जस्तै चिन्ता छ। बाढीले भर्खर रोपेको धान खेत बगाएपछि स्थानीय बिचल्लीमा छन्। बुसबाङ्गको खहरेले स्थानीय किसानको खेत वारि बगाएर बगरमा परिणत गरेको छ भने चौपाया पुरिएका छन।
नगरपालिका कार्यालयले गत वर्ष निर्माण गरेको पक्की कल्भर्टमा पहिरोले बगेका रुख अड्किएर प्रवाह रोकिएपछि बाढीले बस्तीतर्फ क्षति गरेको थियो।त्यस्तै स्थानीय हरि जि सि को परिवारको गर्जो टार्ने एकमात्रै स्रोत थियो,८ मुरी धान फल्ने खेत । उनको केही भाग  खेत बाढीले बगाएर बगरमा परिणत भयो। ’वर्षभरी खान पुग्ने एक मात्रै स्रोत खोलाले बगाएपछि घरबास पनि बगाउँछ कि भन्ने चिन्ताले सताउन थालेको जि सि ले बताए। ‘ ढिलो चाडो यो क्षेत्रमा रहेका खेत सबै बगरमा परिणत हुने निस्चित छ उनले भने,उक्त खहरेको दीर्घकालीन व्यवस्थापन गर्नका लागि राज्यका तीनवटै तहका सरकारले काम गर्नुपर्ने स्थानीयको बेलैमा ध्यान जाओस् ।’ पातिहाल्ना,कोट हुँदै छेपाने जोड्ने कच्ची सडक र मदन भण्डारी राजमार्ग कच्ची सडकको भेलले यस्तो समस्या निम्त्याएको जि सि को भनाई छ।कल्भर्टको मुख र पर्खालमा रुख अड्किएपछि बाढी दक्षिण तर्फ मोडिएर बस्ती तर्फ सोझिएको र घरखेत बगाएको स्थानीय स्थानीय गिता सुनारले बताईन। कल्भर्ट बनाउँदा ध्यान पुर्याउन नसक्दा बस्तीमा ठूलो क्षति पुगेको उनले बताईन। 
स्थानीय समाजसेवी कृष्ण बहादुर खड्काले विकासको नाममा अव्यवस्थित रूपमा बनाइएका संरचनाले बाढी र डुबानको समस्या थपिएको बताउँछन्। ‘अधिकांश स्थानका कल्भर्ट,पुल,बाँध, सडक, तटबन्ध र भवन जथाभावी बनेका छन्’, उनले भने–‘राम्ररी हेर्दै नहेरी विकासको नाममा जथाभावी निर्माण हुँदा विनाश बढायो।’ खड्काले  विपत्तिबाट जोगिन सबै दृष्टिबाट अध्ययन गरेर मात्र संरचना निर्माण गर्नुपर्ने बताए। अव्यवस्थित संरचनाले बाढीको प्राकृतिक प्रवाह रोकिएर बस्ती र आवादी क्षेत्रमा बाढी र डुबानको प्रकोप सृजना गरेको र धनजनमा क्षति पुगेको खड्काको भनाई छ। मरन्ठाना प्रहरी कार्यालयका प्रमुख राम बहादुर आलेका अनुसार मानवीय क्षती नभएको जानकारी दिएका छन। बस्तिका सबै जसो घर जोखिममा छन । प्रहरी प्रमुख आलेले स्थानीय राम बहादुर जिसिको कुखुरा फर्म, कुटानी पिसानी मिल, चौपाया डुबानमा परि २ लाख ५० हजार ६ सय बराबरको क्षती भएको छ। डुवानमा परेका घरको क्षतिको आन्कलन गरिनसकिएको चौकी प्रमुख आलेको भनाई छ। नदीलाई मूल प्रवाहमा बगाउने,खोलानाला थुनिएको ठाउँमा सफा गर्ने कामहरु गरेका छौँ”,प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले बताए ।  
खहरे पसेर गाउँ नै सखाप पार्ने अवस्था देखिएकाले तत्काल रोकथामका लागि अपनाउनुपर्ने कामहरु भइरहेको अध्यक्ष के सि को भनाइ छ ।
साथै उनका अनुसार  इमिडियट रेस्पोन्सका लागि स्काभेटर तयारी राखिएको छ।यतिबेला नदी नियन्त्रण तथा रोकथामका लागि यस क्षेत्रमा दीर्घकालीन काम भने भएको छैन। बस्ति डुबानमा परेपछि उद्धार सङ्गै खोला नियन्त्रणका लागि ठोस काम गर्नुपर्ने स्थानीयवासीको माग छ ।
उक्त खहरेले केही समय अगाडी बिध्यालय बाट घर फर्कने क्रममा एक छात्रालाई  समेत बगाएको थियो।