सीता बि.क
प्युठान,एकै दिन चार किसिमका सीप बिकास तालिम सम्पन्न गरिएको छ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा)अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा बिजुवारमा सन्चालन गरिएको लामो तथा छोटो अबधिका सीप बिकास तालिम सम्पन्न गरिएको हो।
तालिम समापन कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका उप मेयर देबेन्द्र बर्माले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरी व्यवसायीक बन्न आग्रह गर्नुभयो।सिप सिकेर मात्रै आत्मनिर्भर बन्न नसकीने भन्दै सिकेको सिपलाई व्यवहारमा लागु गरी आत्मनिर्भर बन्न जोड दिदै महिलाहरु परनिर्भर हुदा हिंसामा पर्ने भन्दै व्यावसायीकीकरण गरी आत्मनिर्भर बन्न बर्माको भनाई छ।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले महिलाहरुलाई हरेक क्षेत्रमा सक्षम र बलियो बनाउनका लागी वडा कार्यालय तथा प्युठान नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो।
महिलाहरु आर्थिक रुपमा सक्षम भए मात्रै हरेक कामहरु गर्न सकीने भएकाले स्थानीय साधन स्रोतको समुचित प्रयोग गर्दै तालिममा सिकेका सिपलाई एकल वा सामुहिक रुपमा उद्यम सन्चालन गर्न समेत श्रेष्ठको आग्रह छ।
नगरपालिकाका प्रबक्ता समेत रहेका श्रेष्ठले रोजगारीको सृर्जना गर्नु नगरपालिकाको मुख्य कार्य भएको बताउँदै कृषि,पर्यटन,धार्मिक तथा सांस्कृतिक विकासलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा विभिन्न तालिमका प्रशिक्षकको प्रतिनिधित्व गर्दै ब्युटिपार्लरका प्रशिक्षक बिन्जु श्रेष्ठले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले गर्नुभएको थियो।तालिममा प्युठान नगरपालिका १,३ र ४ नम्बर वडाका तालिम सहभागीलाई उद्यम सन्चालनका लागि सहज होस भन्ने उद्देश्यले आबश्यक प्रबिधी समेत हस्तान्तरण गरिएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो।सिलाई कटाई १६,ब्युटिपार्लर ३, बुटिक १२, कुखुरापालन ७ गरि जम्मा ३८ जना सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएकोे थियो।
प्रमाणपत्र ग्रहण गर्दै तालिममा सहभगि प्रशिक्षार्थीहरुले आफुले राम्रो सिप सिक्न पाएकोमा नगरपालिकालाई धन्यवाद दिदैँ सिपको सहि सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्