राम बहादुर बिश्वकर्मा
प्युठान,राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले नेपालमा संघीयता सफल नहुने दाबी गरेका छन् ।
आइतबार बाग्दुलामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खत्रीले यस्तो बताएका हुन।
आर्थिक बिपन्नता र भौगोलिक बिकटताले जटिल अवस्थामा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताए।
उनले राष्ट्रिय जनमोर्चा संघीय प्रणालीको विरोधी नभएको पनि स्पष्ट पारे।‘संघीयता एउटा प्रणाली हो। राष्ट्रिय जनमोर्चाले प्रणालीको विरोधी नगरेको उल्लेख गर्दै विश्वका ४ वटा मुलुकमा मात्र संघीयता सफल भएको छ,तर नेपालमा त्यो सफल हुन सक्दैन’,उनले भने।’
अहिले राजनीतिक क्षितिजमा देखिएका विरोधका आवाजहरू मूलतः संघीयता महँगो भयो,अर्थतन्त्रले धान्न सक्दैन भन्ने कुरामा केन्द्रित छन्।अन्तिममा नेपालबाट संघीयताको विदाई हुने उनको दाबी छ।
यसैबीच पत्रकार भेटघाटमा राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले माघ १८ गतेदेखी फागुन ३ गतेसम्म जिल्लाका ९ वटै स्थानीय तहमा विरोधका कार्यक्रम तय भएको सार्बजनिक गरेको छ।


प्रतिक्रिया राख्नुहोस्