बजार अनुगमन प्रभावकारी बनाउन सुझाव

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला प्रसासन कार्यालय प्युठाले  बजार अनुगमन  उपभोक्ता हितमा हुनुपर्नेमा जोड दिएका छन् । 
मंगलवार जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कार्यालयले आ.व.०७८।०७९ मा भए गरेका कार्यहरुको कार्य प्रगति वारे जानकारी गराउने क्रममा सन्चारकर्मिले यस्तो सुझाव दिएका हुन।

स्वच्छ बजारको माध्यमबाट गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक हकसँग सम्बन्धित रहेपनी बजार व्यवस्थापन, अनुगमन र उपभोक्ता हित संरक्षण गर्ने विषय ऐनमा समावेश भएपनी प्युठान जिल्लामा अनुगमनको हल्ला मात्र गरिन्छ तर कार्यान्वयन हुन नसकेको प्रती आम उपभोक्ता मारमा परेको बताइएको छ।कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले जिल्लावासीहरुले भोग्नु परेका समस्या तथा समस्या समाधानका लागि प्रशासन कार्यालयले खेल्नु पर्ने भुमिकाका वारेमा धारणा राखेका थिए । पेट्रोलको कृत्रिम अभाव समाधान हुनु पर्ने,विद्युतको समस्या समाधान हुनु पर्ने,ट्राफिक व्यवस्थापन,सुचनाको हक कार्यान्वयन हुनु पर्ने,सरकारी कार्यालयको सेवा प्रवाहमा चुस्त दुरुस्त हुनु पर्ने,यातायातका साधनमा सिट क्षमता भन्दा बढी यात्रुहरु राख्न बन्देज गरिनुपर्ने,जिल्ला अस्पतालको सेवा प्रभावकारी हुनु पर्ने,स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनु पर्ने लगायतका सुझावहरु सञ्चारकर्मीहरुले राखेका थिए । आ.व.०७८।०७९ मा प्रशासनिक कार्य तर्फ संस्था दर्ता ४ ,नाबालक परिचय पत्र २९,ठाडो उजुरी १० दर्ता भएकोमा १० नै फछयौट ,पत्रपत्रिका दर्ता १,आदिवासी जनजाति तथा नाम थर फरक परेको सिफारिस १ हजार ९ सय ४९,भुतपूर्व सैनिक पेन्सन सिफारिस २ सय ३० र सहायता कक्षवाट सेवा ५ हजार ३ सय १ जनालाई प्रदान गरेको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी गराउनुभयो।
त्यस्तै नागरिकता तर्फ वंशजको आधारमा नागरिकता जारी ७ हजार २ सय २९ , प्रतिलिपि नागरिकता जारी ४ हजार २ सय ७९,बैवाहिक अंगिकृत नागरिकता जारी ९ र राष्ट्रिय परिचय पत्र दर्ता ८ हजार ६ सय ६८ गरेको छ । राहदानी तर्फ साधारण सिफारिस १ हजार ७ सय ८८,दु्रत सेवा ४ हजार ८ सय १८ राहदानी वितरण १ हजार ९सय ९२ जनालाई प्रदान गरेको कार्यालयले जनाएको छ ।
प्रशासन कार्यालयमा भिड व्यवस्थापनको लागि टोकन प्रणाली तथा दिन तोकिएको,आत्महत्या घटना न्यूनिकरणका लागि मनोसामाजिक सेवा विस्तार र निम्न वर्गिय समुदायमा आर्थिक सशक्तिकरण तथा जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्न स्थानीय तहहरुलाई अनुरोध गरिएको प्रमुख जिल्ला सुनिता नेपालले बताउनु भयो ।