सीता बि.क
प्युठान, युवाहरूका लागि सन्चालन गरिएको सीप बिकास तालिम सम्पन्न भ्कएको छ ।
प्युठान नगरपालिका वडा नम्बर ४ का महिलाहरुको लागि आयोजना गरीएको बुटिक र पुरुषका लागि मोटरसाइकल मर्मत सम्बन्धि सीप बिकास तालिम सोमबार सम्पन्न गरिएको हो ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा ४५ दिन सम्म चलेको बुटिक र ३० दिन सम्म मोटरसाइकल मर्मत सम्बन्धि तालिम सन्चालन गरिएको थियो।
तालिम समापन कार्यक्रममा बोल्दै प्युठान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रेशम कार्कीले तालिममा सिकेका सीपको सदुपयोग गर्दै स्वरोजगार बनि आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले सिकेका सीपहरुका माध्यमबाट व्यवसायी बन्न सकेमा थप तालिमहरुका साथै अन्य क्रियाकलापहरु सञ्चालन गर्नका लागि सहयोग लिन र माग्न सकिने बताउनुभयो ।
त्यस्तै उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले युवा युवतीहरुलाई आत्मनिर्भर र उद्यमी बनाउने उदेश्य अनुसार काम भैरहेको बताउनुभयो।युवा युवतीले सिप सिकेर आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत नै यस्ता सीप बिकास तालिम सञ्चालन गरेको र अहिलेको समयमा यस्तो सिपको राम्रो सम्भावना समेत रहेको उहाँको भनाई रहेको थियो । युवाको हातमा सिप भए आत्मनिर्भर बन्न सक्ने भन्दै उहाँले युवालाई व्यवसायीक बनाउनका लागि विभिन्न तालिमहरु सञ्चालन गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्युठान नगरपालिकाका आर्थिक बिकासका अधिकृत तथा मेड्पा कार्यक्रमका फोकल पर्सन लेख बहादुर बिष्ट, प्रशिक्षक मनिकला पुन लगायतले मन्तव्य राख्नुभएको थियो।
बुटिक तालिममा १२ जना र मोटरसाइकल मर्मत सीप बिकास तालिममा २ जनाको प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्