प्युठानको नौबहिनीमा एमालेको प्यानलै विजयी

प्युठान,प्युठानको नौबहिनी गाउँपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा  एमालेका डिलारामा थापा विजयी भएका हुन्।
उनले सत्तारूढ गठबन्धन तर्फबाटका उम्मेदवार नेपाली कांग्रेसका शिव रिजाललाई ८ सय ५० मतले पराजित गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
नव निर्वाचित अध्यक्ष थापाले ६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् भने रिजालले ५ हजार ६ सय ३५ मत प्राप्त गरेका छन्।
अध्यक्षमा पराजित रिजाल यसअघिका गाउँपालिका अध्यक्ष हुन्।
यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी विष्ना थापा केसी विजयी भएकी छन्। केसीले गठबन्धन तर्फका उम्मेदवार धनबहादुर बुढा (सचिन)लाई ६ सय ५८ मतले पराजित गरेकी हुन्।
उपाध्यक्षमा सचिनले ५ हजार ६ सय ५ मत प्राप्त गरेका छन् भने विष्नाले ६ हजार २ सय ६३ मत प्राप्त गरेकी छन्।