अन्याय र अपमानको पनि सीमा हुन्छ नि!कनिष्ठलाई वरिष्ठ बनाइयो

प्युठान,स्वर्गद्वारी नगरपालिकामा प्रशासनिक जिम्मेवारीको विवादले चर्चा पाएको छ।नगर प्रमुख श्री टेक प्रसाद भण्डारीले नगरपालिकामा निरन्तर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गर्दै आएको वरिष्ठतम् कर्मचारी दल बहादुर के.सि.को सट्टा,कनिष्ठ कर्मचारी हेमराज आचार्यलाई वरिष्ठ ठहर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका छन्।
यस पत्रको आधारमा हेमराज आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी तोकिएको छ।
यो कदमप्रति वरिष्ठ कर्मचारी दल बहादुर के.सि.ले घोर आपत्ति जनाउँदै सामाजिक संजालमा लेखेका छन्।

"अन्याय र अपमानको पनि सीमा हुन्छ नि" !!
स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख श्री टेक प्रसाद भण्डारी ले नगरपालिकामा निरन्तर निमित्त प्रमुख प्रशासकीय अधिकृत को जिम्मेवारी बहन गरिरहेको वरिष्ठतम्(सिनियर)कर्मचारी म दल बहादुर के.सि.हुदाहुदै कनिष्ठ कर्मचारी हेमराज आचार्यलाई वरिष्ठ हो भनी संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पठाइएको पत्रका आधारमा प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनीक जिम्मेवारी तोकि पठाइएको छ।यस्तो अन्याय र अपमान प्रति घोर आपत्ति जनाउदै उक्त कदम तत्काल सच्याउन माग गर्दछु ।

स्थानीय स्रोतहरूले जनाए अनुसार,यो निर्णयले नगरपालिका प्रशासनमा असन्तोष र तनाव सिर्जना गरेको छ। कर्मचारीहरूमा वरिष्ठता,अनुभव र पेशागत अधिकारको सम्मानको विषयमा गहिरो चिन्ता रहेको बताइएको छ।
स्थानीय नागरिक तथा कर्मचारीहरूले निष्पक्ष,पारदर्शी र शीघ्र समाधानको अपेक्षा राखेका छन्।यस विवादले वरिष्ठता र पेशागत अधिकारको मूल्यलाई चुनौती दिएको छ र आगामी कदमले नगरपालिकाको प्रशासनिक विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।