प्युठानमा सिर्जनाको संगम : कविता गोष्ठी र साहित्य विमर्श सम्पन्न

प्युठानमा सिर्जनाको संगम : कविता गोष्ठी र साहित्य विमर्श सम्पन्न

 

राम बहादुर बिश्वकर्मा


शब्द,भावना र सिर्जनाले भरिएको मध्यान्ह को समय!

प्युठान,इच्छुक प्रतिष्ठानको आयोजनामा प्युठानको जुम्रीमा सम्पन्न कविता गोष्ठी तथा साहित्य विमर्श कार्यक्रमले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो।
कार्यक्रममा जिल्ला र दाङ्गका प्रतिष्ठित कवि तथा साहित्यकारहरूले आफ्ना कविता वाचनमार्फत जीवनका अनुभव,सामाजिक विचार र सांस्कृतिक कथाहरू साझा गरे।प्रत्येक कविता पाठले दर्शकहरूको हृदय छुने गरी भावनाको रंग भर्यो।
साहित्य विमर्श सत्रमा नेपाली कविता र कथा साहित्यको वर्तमान अवस्था,नयाँ साहित्यिक प्रवृत्ति र युवा पुस्तामा साहित्यप्रतिको आकर्षणबारे गहन छलफल भयो। कवि–साहित्यकारहरूले सिर्जनामा सामाजिक न्याय,सांस्कृतिक पहिचान र मानव मूल्यलाई कसरी उजागर गरेका छन् भन्नेबारे अनुभव आदान–प्रदान गरे।
कार्यक्रमको विशेष आकर्षण कवि–साहित्यकार संवाद सत्र थियो।यहाँ सहभागीहरूले कविता वाचनसँगै सांस्कृतिक परम्परा,सामाजिक मुद्दा र जीवन दर्शनबारे छलफल गरे। यस संवादले नवयुवालाई मात्र होइन,पुराना साहित्यप्रेमीहरूलाई पनि नयाँ दृष्टिकोण र सिर्जनात्मक ऊर्जा प्रदान गर्‍यो।
प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखिले कार्यक्रममा उपस्थित सबैलाई सांस्कृतिक उत्सवको महत्त्वबारे बताए र यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै प्युठानका साहित्यकार सुमन सुबेदिका अनुसार यस्ता साहित्यिक गतिविधिले प्युठानमा कविता र साहित्यप्रतिको प्रेम अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले सांस्कृतिक आदान-प्रदान र सिर्जनात्मक ऊर्जाको अनुभव लिएका थिए। दर्शकहरू नेपाली साहित्यको विविधता र समृद्धिबाट प्रेरित भए र शब्द,भावना तथा सिर्जनाको शक्तिलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाए।
कार्यक्रमले मात्र कवि–साहित्यकारलाई मात्र होइन,युवा र दर्शकलाई पनि साहित्य र संस्कृतिप्रतिको लगाव बढाउने अवसर प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।