कोरोना हुनु भन्दा पहिले डराउनुस तर लागि हालेमा आत्मबल बढाउनुस !

अहिलेको कोरोना कहर के भयाभह हो त ?

कोरोना हुनु भन्दा पहिले डराउनुस तर लागि हालेमा आत्मबल बढाउनुस !

शान्तराज गौतम

कोरोनाको पहिलो कहरमा पनि धेरै जनालाई पोजिटिभ देखिएको थियो । तर लक्षण भने थोरै जनामा मात्र थियो । केहिलाई सामान्य लक्षण देखियो । कतिपयलाई भाइरल ज्वरोको रुपमा ४।५ दिन च्याप्यो । कसैलाई १०,१२ दिन थला पार्यो भने थोरै मान्छेहरुलाई अक्सीजन र आइसियु चाहियो । परिवारमा संक्रमित त अहिले जस्तै पुरै परिवार संक्रमित थिए ।

पहिले परिवार, समुदाय, कार्यालयमा कन्ट्याक टेस्टीङ गरिन्थ्यो तेसकारण संक्रमित धेरै भए तर सामान्य लक्षण वा लक्षण नभएका संख्या धेरै थियो जव विस्तारै कोरोनाको कहर हट्दै गएपछि मान्छेहरु लापरवाही र हेलचक्राई गर्न थाले, मास्क लगाउन छाडे, हात मिलाउदै हिड्न थाले, जथाभावि भिडभाड गर्न थाले । कोरोना लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना पोजिटिभले यो कोरोना केही पनि होइन भन्ने एउटा भ्रम पनि जवरजस्ती प्रचारमा ल्याए त्यो पनि एउटा कारण ले एकाएक कोरोनाको कहर ह्वात्तै बढ्यो, बढ्नुको कारण भारतमा जसरी बढ्छ नेपालमा पनि त्यसको प्रभाव परेको छ । किनकी यो पंत्तिकारले एक वर्ष अगाडी नै सामाजिक संजाल फेसबुकमा भारतमा कोरोनाको कहर जति बढ्छ त्यो असर नेपालमा पर्ने आकलन गरेको थियो एउटा कारण त्यो पनि सत्य भयो । भारत र नेपालका लाखौ नागरिक एक अर्का देशमा रोजगारी, व्यापारव्यवसाय र छोरीबेटी का लागि आवतजावत गर्ने चलन छ । अहिले पहिलो लटमा जसरी बैशाख पहिलो साताबाट कोभिड संक्रमण ह्वात्तै बढ्दा लक्षण देखिएका र जटिल भएपछि मात्र पिसिआर गराउने कारणले धेरै जनामा अक्सीजन आवश्यक परेको हो ।

अर्काे कारण बाहिरी बातावरण, हावापानी पनि मानव स्वास्थ्य अनुकुल छैन तसर्थ धेरै जनालाई अक्सीजन आवश्यक परेको अनुमान यो पंत्तीकारको रहेको छ । पछिल्लो चरणमा अन्य रोग पनि भएका, दिर्ध रोगी, बृद्धबृद्धा, रोगप्रतिरोधातमक क्षमता कमजोर भएका व्यक्तिलाई आइसियु र भेन्टीलेटरमा राख्न परेको छ तरपनि नेपालमा आइसियु र भेन्टीलेटरको कमिका कारण धेरैले उपचार नपाएर बचाउनै गा¥हो भएको हो ।

मृत्यु हुनेमा पहिले नै सुगर, प्रेसर, क्यान्सर लगााएत दिर्ध रोगी नै हुनुहुन्छ भन्ने बुझौ । हामी भयभित भन्दा पनि संयमित हुन जरुरी छ , सुरुक्षित साथ होमआइसोलेसन बसेका÷अस्पताल गएका धेरै जना निको भएर घर फर्किएका छन् । बैशाखको तेस्रो हप्ता आउदा परिवारमा सवै जना संक्रमित हुने अवस्था आएको छ तर अक्सीजन परिवारमा एक÷दुई जनालाई मात्र आवस्यक पर्ने देखिन्छ ।

यो अवस्था पहिलो कहरमा पनि थियो । उहाँहरुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गरौ । तर अन्य संक्रमितले खानपिन र आत्मबलमा जोड दिन आवश्यक छ । के उसो भए कोरोना केहि पनि होइन त ? त्यसो सोच्नु पनि मुर्खता हो । किनकी कोरोनालाई जित्न खानपीन, आत्मबल र व्यक्तीको रोग प्रतिरोधात्मक क्षमता कस्तो छ त्यसमा भर पर्छ तर घरमा बृद्ध आमाबाबु, केटाकेटी, रोगी सदस्य होलान या रोगप्रतिरोधात्मक क्षमता तपाइको पो कामजोर छ की ? त्यस कारण हामीले लापरबाही गर्न हुदैन ।

यो रोगको फैलने गति तिब्र छ नै घरमा एक जना संक्रमित भए परिवार नै संक्रमित हुने, पुरै सावधानी अपनाएर विरामीको उपचार गर्दा गर्दै स्वास्थ्यकर्मी संक्रमित हुने , संक्रमित भए पिसिआर गर्नै गा¥हो, रिपोर्ट समयमा पाउन गा¥हो, विरामीको लागि एम्बुलेनस बेड पाउनै गा¥हो, अझ अक्सीजन र आइसियु झनै पाउनै गा¥हो , परिवार, समुदायले सहजै स्याहार गर्न डराउने इत्यादी कारण पनि यो रोग जटिल बनेको हो । कतिपय परिवारमा पिसिआर गर्न पैसा छैन, एम्बुलेन्समा जाने पैसा छैन, मसुरो गहँु बेचेर पिसिआर गर्ने आटँ त गरियो तर निषेधाज्ञा जारी हुनु भन्दा पहिले सार्वजनिक साधनमा र अहिले गाउँघरका छरछिमेकलाई अनुरोध गरेर अटोरिक्सा र मोटरसाइकलमा जानुपरेको छ यसरी जाँदा अन्य व्यक्तीमा संक्रमण फैलिन डर हुन्छ । पोजिटीभ देखिएका कतिपयले औषधी किनेर खाने पैसा छैन तै भएर रोग लुकाएर बस्ने धेरै छन । अब त के पनि भन्न थाले भने पोजिटिभ रिपोर्ट आएपनि बिरामीले उपचार पाउने होइन आखिर घरमै बस्ने हो भने किन पिसिआर गर्ने ? यसो गर्नु पनि सहि होइन किनकी बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गर्न पनि पिसिआर रिपोर्ट आवश्यक पर्छ । अव के कोरोनाबाट बच्ने दिगो उपाए छैन त ? छ, अवस्य पनि छ ,सरुवा रोग फैलाउने पनि मानव समुदाय हो भने नियन्त्रण गर्ने पनि मानव समुदायले हो ।

विश्वमा कोरोना खोप र औषधी निर्माण हुदैछ त्यसको फाइदा विस्तारै नेपालले पनि लिदैछ तर तपाई हामीले नागरिक स्तर बाट विश्वमा कोरोनाको कहर हुदाँ सम्म गर्न सकिने केहि उपाए देहाय बमोजिम उल्लेख गर्न सकिन्छ । १.सरकारले समय समयमा जारी गर्ने स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने । २.सामाजिक दुरी सधै पालना गर्ने । ३.मास्क, सेनीटाइजर, पन्जाको सहि प्रयोग निरन्तर गर्ने । ४.अनावश्यक भिडभाडमा नजाने । ५.सार्वजनिक सवारी साधन प्रयोग गर्दा सधै सतर्कता र सावधानी अपनाउने । ६.अनावश्यक भ्रमको पछि नलाग्ने त्यस्ता अनलाइन साइट नहेर्ने । कोभिड हुनु भन्दा पहिले डराउने सतर्क रहने हो वा लाग्नै नदिनु नै बुद्धिमान हो तर जब तपाई र तपाईको परिवार संक्रमित वा पोजिटिभ हुनुहुन्छ अनि सकारात्मक सोच विकास गरेर यो जाबो कोरोना म सजिलै जित्छु भन्ने आत्मबल बढाउनु पर्दछ । सामाजिक सञ्जालका सकारात्मक कुराहरु लाई मनन गर्ने, फोनमा पारीवारिक मिठा र सकारात्मक गफगाफ गरौ । अहिले सम्म कोरोना जितेका तपाई हामी जस्तै दाजुभाई तथा दिदीबहीनी हुन ।

नोट: यि विचार मेरा व्यक्तिगत अनुभवमा आधारित हुन यहाँको आत्मबल बढाउनको लागि लेखिएको हो । संक्रमित व्यक्ती स्वास्थ्यकर्मीको परामर्श र निगरानीमा रहनुहोला ।