‘रिटायर्ड’ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक बर्षे करारमा लिने सरकारको घोषणा

काठमाडौँ उपत्यका सहित सातवटै प्रदेशमा तत्काल १ - १ हजार बेडको कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन

‘रिटायर्ड’ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक बर्षे करारमा लिने सरकारको घोषणा

काठमाडौँ, सरकारले निबृत्त भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक बर्षका लागि करारमा नियुक्ति गर्ने भएको छ । कोरोना महामारी बढेपछि देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्वोधन गर्ने क्रममा सो जानकारी दिएका हुन् ।

उनले कोभिडको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, उपचारको व्यवस्था (परिवारका सदस्य) समेतलाई मिलाइएको समेत जानकारी दिए ।

उनले काठमाडौँ अस्पतालमा वीर अस्पताल, त्रिचन्द्र मेलिटरी अस्पताल सहित ठूला सरकारी तथा निजी अस्पतालमा थप कोभिड युनिट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यका सहित सातवटै प्रदेशमा तत्काल १ – १ हजार बेडको कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिइएको बताए ।उनले सबै अस्पताललाई कोभिडका लागि छुट्याएको बेड, त्यसमा भर्ना भएका बिरामी, आइसीयू, एचडीयु लगायतका विवरण दैनिक अपडेट मन्त्रालयलाई दिन समेत निर्देशन दिएका छन् । बेड लुकाएको पाइए कार्वाही गर्ने समेत चेतावनी दिएका छन् ।उनले नाकाबाट नेपाल प्रवेश गर्ने सबैको एन्टीजेन टेष्ट गर्ने बताए ।