प्यूठानका हरि रिजाल स्वास्थ्य मन्त्री नियूक्त

बुटवल,लुम्विनी प्रदेशका लागि प्यूठानबाट प्रतिनिधित्व गर्ने सांसद् हरी प्रसाद रिजाल स्वास्थ्य मन्त्री नियूक्त भएका छन् । आइतवार मुख्यमन्त्री शंकर पोखरेलसँगै उनले स्वास्थ्य मन्त्रीको रुपमा सपथ खाएका छन् ।प्यूठान क्षेत्र नम्वर १ बाट निर्वाचित रिजाल यस अघि पनि पटक पटक मन्त्री नियूक्त हुने चर्चा चल्दै आएको थियो । कोरोना महामारी बढिरहेका बेला संवेदनशिल मन्त्रालयको रुपमा रिजालले जिम्मेवारी पाएका छन् । लुम्विनी प्रदेशमा प्यूठानले पहिलोपटक मन्त्री पाएको हो ।