कोरोना नियन्त्रणका लागि प्युठान  नगरपालिकाको ४ निर्णय,प्युठान अस्पताललाई १० लाख सहयोग गर्ने

कोरोना नियन्त्रणका लागि प्युठान  नगरपालिकाको ४ निर्णय,प्युठान अस्पताललाई १० लाख सहयोग गर्ने

राम बहादुर बिश्वकर्मा
प्युठान नगरपालिकाले कोभिड–१९ तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । 
आइतबार प्युठान नगर कार्यपालिकाको बैठक बसि बैठकले कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारका लागि विभिन्न ४ वटा निर्णय गरेको छ ।
बैठकले कोभिड -१९ को रोकथाम नियन्त्रण र उपचारका लागि प्युठान अस्पतालको आईसोलेशन केन्द्र लाई अक्सिजन तथा अन्य व्यवस्थापनको लागि रू १० लाख प्युठान अस्पताललाई  आर्थिक सहयोग अनुदान दिने निर्णय गरेको छ ।
अत्यावश्यक कामले मात्र घर बाहिर निस्किने, बाहिर जादा मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने तथा होम क्वारेन्टाइन र होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ मापदण्ड अनुसार बस्नुपर्ने नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।

खरको छाना विस्थापनमा १ करोड, मरन्ठानाकोट खानेपानी आयोजनामा १ करोड, माझकोट भित्रिकोट र लिपिकोट खानेपानीमन ५० लाख, थापडाँडा कार्किडाँडा खानेपानी आयोजनामा ५० लाख र बिजयनगर,घुरचउने खानेपानी आयोजनामा ५० लाख र मरन्ठाना गुरीगाँउ खानेपानी आयोजनामा ५० लाखको योजना छनौट भएको छ ।

यस्तै ३६ लाख रकमान्तरण, प्रदेश सरकार समपुरक योजनामा प्रदेश सरकार वाट २ करोड र नगरपालिका वाट २ कर‍ोड गरि ४ करोडको ६ वटा योजना छनौट गरिएको नगर प्रमुख कक्षपतिले जानकारी दिनुभयो ।