समाज सेवाका क्षेत्रमा चम्कदै इश्वरी पोख्रेल 

राम बहादुर बिश्वकर्मा
प्युठान,यो आपतकालीन अवस्थामा प्युठानमा रहनु भएका जनता प्रती नि:शुल्क एम्बुलेन्स सेवा सरह मेरो घर मा रहेको १ वटा गाडी ड्राइभर सहित उपलब्ध गराउने छु।मानव सेवा नै धर्म हो।
      
सामाजिक सन्जाल फेसबुकमा यस्तो प्रतिबद्धता जनाएका छन। 
झिमरुक गाउँपालिका ६ चिसाबाङ्गमा बसोबास गर्दै आउनु भएका कृषि उद्यमि तथा समाजसेवि इश्वरी पोख्रेल ।भारतीय आर्मीको जागिरका क्रममा खुट्टामा गोली लागेपछि ७ वर्षकै अवधिमा ०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकाश लिई नेपाल फर्किएर पृसा कृर्षि फार्म संचालन गरेका उनले 
यस्तो महामारी र संकटको घडिमा समस्यामा पर्नु हुने जो कहि ब्यक्तिले सम्पर्क गर्नुहोला भन्दै सामाजिक सन्जालमा सार्बजनिक  गरेको हुन।
 उनी भन्छन् -"समाज सेवा गर्न पवित्र मन हुनु पर्छ l समाज सेवा गर्न हृदय देखि नै भावना आउनु पर्छ l अनि मात्र सामाजिक सेवामा लाग्न सकिन्छ l "बिगत डेड दशक देखि नै ब्यबसाय सङ्गै सामाजिक सेवामा आफु संलग्न हुदै सामाजिक सेवामा थुप्रै काम गरेको बताउदै हाल आफुले कोभिड -१९ को कारण  प्युठानि जिल्ला भित्रका कुनै पनि ब्यक्ति छटपटाउन नपरोस् भन्ने उनको धारणा  छ। 

आफू जुनसुकै समयमा थुप्रै सामाजिक उत्तरदायित्व सहित खुलेर समाज सेवामा 
लागेको बताउने उनले विभिन्न निकायबाट  हौसला मिलेकाले सामाजिक सेवा तर्फ लाग्न थप उर्जा मिलेको मिल्ने बताए । 

बिगत देखि नै आफु सामाजिक सेवाका लागि अगाडी बढेको बताउदै त्यसैमा म गौरन्वित छु भन्दै युवालाई आत्म निर्भर तथा सशक्तिकरण गर्न आफुले ठुलो भूमिका निर्वाह गरेको बताउँछन।
दिनदुखी,अशक्त समस्यामा परेका ब्यक्तिहरुको लागि म अन्तिम सम्म सहयोग गरेको छु। सहयोग गरिरहने छु भन्ने उनको भनाई छ।

कृषिको आधुनिकीकरण मार्फत  बाँझिएका जग्गाको उपयोग गर्दै समृद्धिको खोजीमा पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ बिगत देखि उनी  सक्रिय बनेका छन । बाँझा जग्गामा व्यावसायिक खेती गरी बढ्दो बेरोजगारीको अन्त्य संगै सामाजिक सेवालाई निरन्तरता दिने समेत उनको उद्देश्य रहेको छ।