काेराेना स‌गं हाेइन म स‌गं डराउछन्!

शान्तराज गौतम 
      घर बाट अफिस आउने जब तयारी गर्छु मेरी छाेरी मेराे दायाँ बायाँ पछ्याउदै आउछिन ।मलाइ आफ्नाे मधुर स्वरमा "बाबा घर आउदाँ काेराेना नल्याइसेला है । "उसकाे बाल अनुराेधले चसक्क छातीमा घाेचेर जान्छ । तर उसलाइ फुस्राे आश्वासन दिएर अगाडी बढ्न पाइला चाल्नै थालेकाे हुन्छू  मम्मीले अलि अह्राएकाे आवाजमा "भिडभाडमा नगएस है , मास्क , सेनिटाइजर ,  पञ्जा लगाएर काम गर्नु ।" त्यै बिचमा श्रीमती ज्युकाे आवाज आउछ "सधै काम काम भनेर हुन्छ यस्ताे बेला २/३ हप्ता विदाँ बसेपनि हुन्छ ।" साचिकै भन्ने हाे भने हामी कार्यालयमा कामकाज गर्ने मान्छेलाइ घर परिवारमा काेराेनाकाे बहाककाे रुपमा बुछ्ने गर्छन् । सानाे ४ बर्षकाे बच्चाकाे दिमागमा काेराेना बाबा कै कारण घर सम्म आउछ भन्ने मानसिकता बसेकाे छ । लाग्छ घर परिवार काेराेना स‌गं हाेइन म स‌ग डराउछन् । जब जब काेराेना बढ्न सुरु गर्छ तब तब म स‌गं घर परिवार डराउने गर्छन्  । काेराेनाकाे दाेस्राे कहर सुरु हुनु भन्दा पहिले घर फर्किदा खानेकुरा साेध्दै अ‌ंगालाे हाल्न आउने छाेरी हिजाेआज अलि परै बाट "काेराेना ल्याइस्या छैन नि बाबा " भनेर प्रश्न गर्छिन । काेराेनाकाे पहिलाे कहरले हाम्राे परिवारमा एउटा मानसिक तनाव थपेकाे पक्कै छ । फेरी के हुने हाे कसरी सतर्क रहने हामी परिवारमा बसेर साझँमा समिक्षा गर्छाै  । हाे हामी जस्तै घर बाहिर हिड्ने मान्छेहरुकाे हेलचक्राइ र लापरबाहीले घर सम्म काेराेना लैजाने । मेरा कारण काेराेना घर परिवार र मेराे समुदाय सम्म नजावस भनेर पुरै सावधानी अपनाउँदै छु र तपाई पनि अपनाउनुस् । म जस्तै एक एक व्यक्ती सचेत र सतर्क भए काेराेनालाइ सहजै जितिन्छ भन्ने बुझाइ राख्नुपर्छ । लकडाउन विकल्प हाेइन तर काेराेनाकाे उच्च संक्रमण दर लाइ चेनब्रेक गर्न सके केहि घट्न सक्थ्याे कि भन्ने कठाेर उपाए हाे । 

नेपाल विश्व स्वास्थ्य संगठनका अनुसार दोस्रो यानकी समुदायमा प्रवेश गरेको जानकारी प्राप्त भएबाट अब नेपाली जनसमुदायमा अझ बढी संयमता,धैर्यता अनि पूर्ण रूपमा घरमा नै एकान्तबास बसाइलाई थप व्यवस्थित बनाउन आवश्यक छ । सरकार, प्रदेश र स्थानीय सरकारहरू एक मार्गदर्शक एवम् मध्यस्तकर्ता मात्रै हुन्, त्यसैले हामी आमसर्वसाधारण स्वयम् सचेत बन्नुको विकल्प छैन । सरकारले दिएको निर्देशनलाई आत्मसात् गर्दै पहिलो चरणको एकान्तवासलाई निरन्तरता दिन व्यक्ति, परिवार, समुदाय र सिङ्गो राष्ट्रका सम्पूर्ण क्षेत्रमा बसोबास गर्ने आदरणीय इमानदारी, सज्जनवृन्द, स्वाभिमानी सम्पूर्ण नेपालीजन,हरेक परिवार र समुदायले सजकता अपनाएर काेरानालाइ आ-आफ्नाे घरमा पाहुना बन्न दिनु हुदैन।

लेखक 
बृहत दाङ्ग उपत्यका सिचाई आयोजनाका सूचना अधिकारी हुनुहुन्छ ।