उद्यमशिलता सम्बन्धि प्रशिक्षक -प्रशिक्षण तालिम सम्पन्न 

सीता बि.क
प्युठान,झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन बिजुवार प्युठानको  आयोजनामा आफ्नो ब्यबसाय सुरु तथा सुधार गर्नुहोस् तह एक १० दिने प्रशिक्षक प्रशिक्षण तालिम  सम्पन्न भएको छ ।

प्रमुख प्रशिक्षक बिजय जि सि,प्रशिक्षक निर्मला पोख्रेल र रन्जना श्रेष्ठले प्रशिक्षण गर्नुभएको सो तालिममा १६ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले तालिमको समापन सत्रमा बोल्दै सकारात्मक सोचले उद्यमशीलताको विकास गर्नुपर्छ यस्ता तालिमले क्षमता अभिवृद्धि गराई  सक्षम उद्यम बिकास सहजकर्ता मार्फत उद्घमशिलता बिकासमा नागरिकलाई समाजमा  सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभएको थियो।

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्नुपर्ने भन्दै उद्यमशीलतालाई कसरी अघि बढाउन सकिन्छ भनेर नगरपालिका अगाडि बढिरहेको उहाँको भनाई छ।मास्टर ट्रेनर तथा प्रमुख प्रशिक्षक बिजय जि सि ले आर्थिक समृद्धिका लागि मुलुकमा प्रशस्त सम्भावना रहेको र त्यो सम्भावनालाई सार्थकता दिने जनशक्ति नै उद्यम बिकास सहजकर्ता भएको ठकुवा गर्नुभयो।

साथै उक्त सम्भावनालाई विकासमा बदल्नका लागि राज्यले प्राविधिक र वित्तीय सहयोगका साथमा बजारको समेत व्यवस्था गर्नुपर्ने बताउनुभभयो। हरेक  व्यक्तिले राष्ट्रिय भाव राखेर उद्यमशीलतामा लाग्नु जरुरी रहेको उहाँको भनाई थियो । आयोजक सस्थाका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले उद्यमशिलताको क्षेत्रमा लामो समय देखि जिल्लामा उद्यम बिकास सहजकर्ता कोर्ष लगायतका अन्य  सीप बिकासका तालिम प्रदान गरि रोजगार तथा स्वरोजगार प्रदान गर्दै आइरहेको बताउनुभयो ।

साथै बिश्वकर्माले आर्थिक समृद्धिका लागि सरकार मात्र नभई निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिँदै उहाँले सम्बद्ध सबैको सहकार्यमा आर्थिक विकास सम्भव भएकाले स्थानीय सरकारले निजि क्षेत्र सङ्ग सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो ।त्यस्तै, प्रशिक्षक निर्मला पोख्रेलले मुलुकका सबै क्षेत्रको फोकस आर्थिक समृद्धितर्फ हुनुपर्ने र यसका लागि उद्यमशीलताको विकास अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । 
ससाना आर्थिक क्रियाकलापलाई राष्ट्रिय अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि राज्य आफैँ सक्रिय भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय लघु उद्यमि महासंघ नेपालका महासचिव धनी दमाईले बेरोजगारी न्यूनीकरण गरी रोजगारी सिर्जना गर्न उद्यम बिकास सहजकर्ताको ठूलो भूमिका रहेको बताउनुभयो ।प्रशिक्षक रन्जना श्रेष्ठले मुलुकमा समृद्धि ल्याउन पर्याप्त औद्योगिकीकरण मार्फत रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्धन  आवश्यक रहेको बताउनुभयो ।

मुलुकमा रहेको बेरोजगार समस्या समाधान गर्न मानव संसाधन विकासलाई थप महत्त्वका साथ अघि बढाउन आवश्यक रहेको बताउँदै देशमा आर्थिक समृद्धिका लागि उद्दमशीलता आवश्यक भएकोले नागरिकलाई आत्मनिर्भर स्वरोजगार बनाउँन उद्दमशीलता र व्यवशायिक सीप प्रदान आवश्यक भएकोले उद्यम बिकास सहजकर्ताको माग दिन प्रतिदिन बढ्दै गइरहेको उहाँको भनाई थियो।