प्युठान नगरपालिकामा सिलाई तथा  होजियारी सीप बिकास तालिम शुरु

प्युठान नगरपालिकामा सिलाई तथा  होजियारी सीप बिकास तालिम शुरु

सीता बि.क
प्युठान,प्युठान नगरपालिकामा मङ्गलबार देखि २ वटा सीप बिकास तालिम सुरु भएको छ । 
गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत ३ महिने होजियारी सीप बिकास तालीम र सिलाई कटाई तालिम सुरु भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम मेड्पा अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा तालिम संचालन गरिएको हो । 
प्युठान नगरपालिका ९ र १० वडा मरन्ठानाका महिलालाई समेटिने गरी सीप बिकास तालिम दिन लागिएको हो ।

तालिमको उद्घाटन गर्दै प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले  शुभकामना दिदै विभिन्न विधि प्रक्रिया मार्फत तालिममा छ्नोट हुनुभएका प्रशिक्षार्थीले यो अवसरलाई पुर्ण रुपमा सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो। 
साथै उहाँले सीप सिक्नु मात्रै महत्त्वपुर्ण नभई व्यबहारमा उतार्नु महत्त्वपुर्ण कुरा भएको बताउनुभयो।उक्त उद्घाटन कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नेहर सिह के सि ले प्रशिक्षकले सिकाएका कुरा जोसजागरका साथ सिक्न आग्रह गर्नु भयो । त्यस्तै प्रशिक्षकलाई यो ठाउमा आएर आफू जस्तै क्षमतावान बनाउन आग्रह गर्नु भएको थियो । 

उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले कार्यक्रमको उद्देश्यलाई प्रकाश पार्दै प्रारम्भिक चरणमा उद्यमशिलता तालिम प्रदान गरि महिलाको सिपलाई बजारसम्म लैजाने, समाजमा स्थापित जीवनयापन गर्न सहजिकरण गर्ने, आयआर्जन अभिवृद्धिका लागि टेवा पुराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।