राम बहादुर बिश्वकर्मा
प्युठान,मल्लरानी गाउँ पालिका -५ प्युठान हाल राप्ती गाउँ पालिका २ बराखुट्टि दाङका युवा व्यवसायी श्री भरत बहादुर विश्वकर्माले दुवैजना वोल्न नसक्ने घरवारविहीन अपांगता भएका दम्पती माण्डवि गाँउपालीका वडा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागी रु १० हजार सहयोग गरेका छन् ।
यस्ता शारीरिक अशक्त र बेसाहारालाई सहयोग प्रदान गर्नु मानबिय धर्म हुने भएकाले अधिकारीको घर निर्माण लागि सहयोग पुगोस भन्ने उद्देश्यले नगद १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको बिश्वकर्माले बताए ।
लामो समय देखि आफन्तको घरमा कष्टकर जीवन बिताएको लामो समय पछि उनका लागि सामाजिक अभियानता युवा हरि बस्नेतको पहलमा स्थानीय,गाउँपालिका र अन्य परोपकारीहरुले आर्थिक सहयोग गर्ने भएपछि अहिले अधिकारी परिबारलाई घर बन्ने भएको छ।
दिन प्रतिदिन हजारौं रुपैयाँ सहयोग गर्ने दाता आउनुभएको छ प्राबिधिक स्टिमेट भैसकेकोले छिट्टै घर निर्माणको काम सुरु गरिने अधिकारीको घर निर्माणका लागि अभियानमा अहोरात्र खटिएका सामाजिक अभियनता हरि बस्नेतले जानकारी दिए।
एकराज अधिकारि र उनकी श्रीमती रेशमा अधिकारी दुवै बोल्न सक्दैनन। शारिरिक रुपमा समेत उनिहरु कमजोर छन। उनीहरुका ३ सन्तान छन। घर नजिकैको माण्डवी माध्यमिक विद्यालयमा जेठो छोरा ९ मा, कान्छो ६ मा र छोरी दुई कक्षामा पढ्छन। उनिहरुको घरको अबस्था दयनिय छ।
प्रतिक्रिया राख्नुहोस्