मनकारी घरबेटि: जस्ले लकडाउनको घरभाडा छुट गरिदिए

प्युठान,लामाे समय लकडाउनका कारण व्यवसाय चल्न नपाएपछि घरभाडा तिर्न नसकेका व्यवसायी प्युठान नगरपालिका ८ खप्रेङखाेला निवासी भिम केसीलाई लकडाउन अवधीकाे भाडा छुट भएको छ ।
मण्डवी गाउँ पालिका ३ जस्पुरमा हाेटल सञ्चालन गर्दै अाएका केसीलाई घरधनी लव कुमार अधिकारीले लकडाउन अवधीकाे घरभाडा छुट दिएका हुन । घरभाडा अाफ्नाे अार्थिक आम्दानीकाे स्राेत भएता पनि उनले व्यवसायी ठुलाे मर्कामा परेको भन्दै लकडाउन अवधिकाे पुरै घरभाडा छुट दिएकाे बताए । उनले करिब १ लाख घरभाडा छुट दिएकाे बताउछन् । घर निर्माण गर्दा बैंक लाेनकाे किस्ता नियमित बुझाउन परेको भन्दै भाडा छुट दिंदा अाफ्नाे काधमा थप एक लाख ऋण थपिएकाे उनकाे भनाई छ । लकडाउन अवधी भरकाे भाडा छुटपाएसंगै केसीले हाेटलका सबै सामान लिएर अाफ्नै घर गएका छन् । अव हाेटल व्यवसायबाट जिविकाेपार्जन गर्न नसिने बताउदै घरभाडा नतिरेरै अाफ्नाे सामान उठाउन पाएकाेमा खुसी समेत व्यक्त गरे ।

अाफुले व्यवसाय सुरू गरेलगत्तै काेराेनाकाे महामारी अाएकाे हुंदा घरभाडा तिर्नै नसक्ने अवस्थामा भाडा छुट गरिदिएर अाफुमाथि ठुलाे गुन लगाएकाे उनकाे भनाई छ ।घरभाडा तिर्न, बैंकको लोन घरभाडा लगायत खर्च तिर्न नसक्दा हाेटल सञ्चालकहरू विस्तारै अाफ्नाे व्यवसाय बन्द गरे गाउँ फर्किन थालेका छन् ।