कोरोना संक्रमणबाट सिरहाका २२ वर्षीय युवाको मृत्यु

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट सिरहाका एक २२ वर्षीय युवकको सोमबार मृत्यु भएको छ ।


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ती युवाको मृत्यु भएको हो । आइतबार संक्रमण पुष्टि भएका उनमा मुटुको समस्या रहेको थियो । यस्तै उनी लागु पदार्थ सेवनकर्ता समेत भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।