एसईई परीक्षाको सम्पूर्ण तयारी पुरा 

परीक्षा केन्द्रमा  हेल्थ डेस्क राखिने  

 एसईई परीक्षाको सम्पूर्ण तयारी पुरा 

काठमाडौ ।पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई सरकारले  नरोक्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताउनु भयो । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुदैछन् ।  १ हजार ९सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताउनुभयो ।  मन्त्रीले जारी गरिउको अपिलमा भनिउको छ ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।’मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ ।