दाङ ।बाल बिकास माबिमा घोराहीमा विद्यालय व्यवस्थापन समिति गठन गर्न छ सदस्य तदर्थ समिति गठन गरिएको छ । शुक्रवार भएको अभिभावकको भेलाले छ सदस्य समिति गठन गरेको छ । समितिमा अभिभावकको तर्फबाटे बिनोद रोका,नैनशिङ घर्ती, कुमारी पुन, माया विक रहनु भएको छ । भने चन्दा दाताको तर्फबाट निर्मल देवकोटा र स्थानिय, समाजसेवी बुद्धि जीवीको तर्फबाट दिलकुमारी बुढा,पदेन सदस्यहरुमा घोराही उप–महानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगी, र विद्यालयका प्र.अ. राजेन्द्र श्रेष्ठ रहनु भएको छ । यस्तै भेलाले शिक्षक अभिभावक संघका लागि ११ सदस्य दतर्थ समिति पनी गठन गरेको छ । समितिको सदस्यहरुमा प्रकाश शिङपुन,सूरज बुढा,उर्मिला चौधरी,निशा गुप्ता,लिलावती दशौदी गिता गिरी रहनु भएको छ । जेष्ठ सदस्य विपिन रोका अध्यक्षता बसेको बैठकले समिति गठन गरेको हो ।बाँकी सदस्य पछि थप गर्ने निर्णय समेत गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्