लघु उद्यमी सृजना गर्न उद्यमशिलता तालिम सम्पन्न  

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाकाे आयाेजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गतकाे उधमशिलता विकास तालिम आइतबार मरन्ठानामा सम्पन्न भएकाे छ । 
तालीम समापन कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका उप मेयर शान्ता आचार्यले लघु,घरेलु तथा साना उद्यमी सृजनाका लागि उद्यमशिलता विकास र सीप विकास तालिम प्रभावकारी हुने बताउनुभयो। 
उपमेर आचार्यले लघु उद्यमको विकास र विस्तार अहिलेकाे आवश्यकता रहेकाले सीप सिकेर व्यवसाय गर्न दिगाे आर्थिक विकास हुने धारणा व्यक्त गर्नुभयो।‘हामीले रोजगारको खोजी गर्नु भन्दा पनि उद्यमी बनाउन पहल गरेका छौँ,।उहाँले भन्नुभयो।‘नगरमा उद्योग संचालनका लागि स्रोत साधनको कमि नभई हामीहरुको सोचको रहेकाले अव रोजगार खोज्ने नभई ,रोजगारी दिने गरी उद्यमी बन्नुस उत्पादन गरिएका सामाग्री खपत गराउन नगर तयार छ। भन्दै स्वराेजगार बन्ने गरि सीप सिक्न सहभागीलाई आग्रह गर्नुभयो।वडा नं ९ का वडा अध्यक्ष नेहरसिह के सि काे सभापतित्व र उद्यम बिकास सहजकर्ता बिन्दु के सि को सन्चालनमा सम्पन्न साे कार्यक्रममा प्रशिक्षक निर्मला पोख्रेल,रन्जना श्रेष्ठ ,बाल बिध्या मा बि कृषि कलेजका प्रध्यानाध्यापक केशु गिरी लगायतले व्यवसाय सचालनका लागि उधमशिलता तालिमले उद्यमी सृजनाका लागि महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

उद्योग संचालनका लागि ज्ञान नहुँदा सफलता प्राप्त नभईरहेको समयमा उद्यमशिलता विकास तालिमवाट सो कुराको अन्त्य हुने उहाँहरुको भनाई छ।‘लघु उद्यम संचालन गर्न सीप सिके पश्चात कम लगानीमा घर घरमै उद्योग संचालन गर्न सकिने भएकाले उद्यमीको चाहना अनुसार ‘स्थानिय कच्चा पदार्थ तथा मागमा आधारित सीप सिक्दा उद्यमीले सीप विकास तालिम पश्चात् व्यवसाय गर्न सकिने उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताउनुभयो।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट नगरपालिकामा नयाँ उद्यमी सृजना गर्न उद्यमशिलता विकास तालिम कार्यक्रम निकै प्रभावकारी हुने भन्दै उद्यमशिलता विकास तालिम लिए पश्चात आफ्नो चाहना,क्षमता र वजार लाई ध्यानमा राखेर उद्यमी वन्नका लागि सहज हुने बिश्वकर्माको भनाई छ ।कार्यक्रमका सहभागिहरुले आफुहरुले म को हु भनि चिन्न नसकेका समयमा तालिमवाट कस्तो प्रकारको उद्योग संचालन गर्दा मुनाफा हुन्छ भन्ने वारेमा ज्ञान पाएको वताएका थिए ।

त्यस्तै, नगरपालिकामा यस वर्ष नयाँ उद्यमी ८० जना र स्तराेउन्नति ४० गरि १ सय २० जना उद्यमी सृजना गर्ने लक्ष्य रहेकाे नगरपालिकाले जनाएको छ।