पत्रकार महासंघ प्युठान ‘उत्कृष्ट घोषणा’

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल पत्रकार महासंघ प्युठान  शाखा उत्कृष्ट भएको छ ।
नेपाल पत्रकार महासंघको २६ औं महाअधिबेशनको अवसरमा केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले प्युठान शाखाका गतिविधि उत्कृष्ट रहेकाले नुमना शाखा घोषणा गरिएको बताउनु भयो । 
‘प्युठान शाखाले नमुना कार्य गरेको छ, नमुना कार्य गरेकाले देशभरका शाखाहरु मध्ये उत्कृष्ट शाखा घोषणा गरिएको हो’-अध्यक्ष आचार्यले भन्नुभयो‘आफुले गरेका निर्णयहरु पुस्तिकाका रुपमा सार्वजनिक गरी सदस्यहरुप्रति उत्तरदायी हुने, हरेक वर्ष गतिविधिहरुलाई लेखापरिक्षण गराई चुस्त दुरुस्त गराउने, सदस्यहरुको हितका लागि कल्याण कोष जस्ता महत्वपूर्ण कार्य शाखाले सम्पन्न गरेको छ ।’ पत्रकारहरुको हितका लागि प्युठान शाखाले गरेका गतिविधिहरु उत्कृष्ट भएकाले केन्द्र र अन्य शाखाले प्युठान शाखाबाट सिक्नु पर्ने केन्द्रिय अध्यक्ष आचार्यले बताउनु भयो । 
महासंघले श्रमजीवी पत्रकारको हकहित र अधिकारको पक्षमा काम गर्दै आएको आचार्यले बताउनु भएको छ । 

अध्यक्ष आचार्यले महासंघले अनवरत रुपमा पत्रकारको हकहितको पक्षमा आवाज उठाउने,नागरिकको हक,सञ्चारगृहको पक्षमा आवाज उठाउने,अधिकारको पक्षमा र लोकतन्त्र राष्ट्रियताको पक्षमा आवाज उठाउने, मानवअधिकार र विधिको शासनको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो । 

आफुले नेतृत्व गरेको शाखा राष्ट्रिय रुपमै उत्कृष्ट शाखा बनाउनमा सम्पुर्ण कार्यसमितिको भुमिका,साथ र सहयोग नै अपरिहार्य भएको भन्दै नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाबिर रानाले धन्यवाद व्यक्त गर्नुभयो ।