नेपालकै पहिलो १३ करोड लगानीमा एउटै छानामुनी ३ लाख अण्डा उत्पादन हुने कुखुरा फार्मको सिलान्यास 

नेपालकै पहिलो १३ करोड लगानीमा एउटै छानामुनी ३ लाख अण्डा उत्पादन हुने कुखुरा फार्मको सिलान्यास 

राम बहादुर बिश्वकर्मा
प्युठान,१३ करोड लगानीमा लेयर्स(कुखुरा) फार्म र अर्गानिक मल उत्पादन गर्ने उद्देश्यसहित  प्युठानको झिमरुक गाउँपालिका ६ चिसाबाङ्ग मा रहेको प्रीशा पशु पन्छी तथा कृषि फर्म बाट अत्याधुनिक फार्म स्तर उन्नति गरिने भएको छ।
विभिन्न कृषि फर्ममा लगानी गर्दै आएका इश्वरी प्रसाद पोख्रेलको एकल लगानीमा उक्त फार्म सन्चालनमा रहेको फार्मले ८ करोडको भबन निर्माण र ५ करोडको स्वचालित केज गरि जम्मा १३ करोडको अत्याधुनिक प्रबिधी जन्य भवनको शिलान्यास गरिएको हो।

१६० फिट लम्बाई र ४० फिट चौडाई रहने यो फार्म डेढ बर्ष भित्र संचालनमा आउने छ ‘एक वर्षभित्र पहिलो चरणमा लेयर्स पाल्न सुरु गर्ने योजना बनाएका छ।,’ पोख्रेलले भन्नुभयो-,‘एकैैपटकमा ३ लाख लेयर्स पालेर दैनिक ३ लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखेका छौं।’ यो फार्म पूर्ण वातावर्ण अनुकुलित र स्वचालित हुने पोख्रेलले बताउनुभयो।
‘यो पूर्णरूपमा टेम्प्रेचर कन्ट्रोल हुनेछ। दाना राख्नेदेखि अण्डा क्रेटमा राख्नेसम्म सबै स्वचालित हुनेछ,’ उहाले भन्नुभयो, ‘उत्कृष्ट फार्म बनाउने प्रयास गर्नेछौ र, लेयर्स सेग्मेन्टमा देशकै नमुना फार्म हुनेछ।’ अहिलेसम्म ३ लाख लेयर्स पाल्ने फार्म नेपालमै नभएको उहाँको दावी छ।

यो फार्मलाई चाहिने दानाका लागि फार्मभित्रै उद्योग स्थापना गरिनेछ। ‘यति ठूलो फार्मका लागि दाना बाहिरबाट किन्ने भन्दा भित्रै प्लान्ट लगाउन उचित हुन्छ। त्यसैले दुई वर्षभित्र दाना उद्योग पनि स्थापना भइसक्छ,’ उहाँले भन्नुभयो।

भारतको भ्रमणमा अत्याधुनिक प्रविधि ब्याट्रिकेज प्रणालीद्वारा संचालित फार्ममा   अण्डा उत्पादन गरिएको देखेपछि आफुले आफ्नो जिल्लामा यस्तो प्रबिधी सुरु गरिएको उहाँको भनाई छ।एउटै छानामुनी रहेका ती चल्लाहरूले  महिनामा ३ लाख अण्डा उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । ‘बातावरणमैत्री बन्द घरभित्र रहेका ती कुखुराका लागि आवश्यकता अनुरुपका दाना, पानीलगायत अन्य आवश्यक खाद्य वस्तु मेशिनद्वारा उपलब्ध गराइनेछ । मेशिनद्वारा अण्डा पनि एकिकृत रूपमा जम्मा हुने’, फार्मका ब्यबस्थाक बिजय गुप्ताले बताउनुभयो।उपभोग्य वा निर्माण सामाग्री बाट ठुला ठुला ब्यबसायीले गर्दा चर्को मारमा परेकाले आर्थिक रुपमा कमजोर भएका स्थानीय जनतालाई सस्तो,सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशका सबै बजार क्षेत्रमा आफ्ना उत्पादन पुर्याउने र अण्डामा निर्भर बनाउने फार्मको लक्ष्य छ ।

फर्ममा हाल ३५ जनाले रोजगार पाएका छन् भने लक्ष्य अनुरुपका कुखुरा राखेपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १ सय ५० जना भन्दा बढीले रोजगार पाउने संचालक पोख्रेलले बताउनुभयो।
समाजसेवी डा: लेखराज सुवेदी, झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जि सि ,एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्युठानका प्रमुख उत्तम आचार्यले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो।
शिलान्यास गर्दै उहाँहरुले युवामा नयाँ जोस,नयाँ सोच,नयाँ बिचार हुने भएकाले युवाले सुरुवात गर्ने यस्ता कार्यमा सबैको साथ र सहयोग आबश्यक रहनुपर्ने बताउनुभयो।