फण्टलाईनमा रहने पत्रकारले लगाए कोरोना विरुद्धको खोप

राम बहादुर बिश्वकर्मा
प्युठान, सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आइतबार प्युठानका पत्रकारलाई लगाउन शुरु गरेको छ ।

कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत फ्रन्टलाइनमा खट्ने पत्रकारलाई लगाउन शुरु गरिएको हो । प्युठान अस्पताल बिजुवारमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ ।

आइतबार जिल्लाका ३५ जना पत्रकारले कोभिड-१९ विरुद्धको खोप लगाएको जिल्ला जन स्वास्थ्य प्रमुख बिशाल सुबेदिले जानकारीले जानकारी दिनुभयो ।

कोभिड १९ बिरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन् । फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने नेपाल पत्रकार महा संघका सचिब बिजय सिह भारतिले बताउनुभयो।