प्युठानी मोडल जोगेन्द्र बि क काे नयाँ भिडियो रिलिज (भिडियो)

प्युठानी मोडल जोगेन्द्र बि क काे नयाँ भिडियो रिलिज (भिडियो)

राम बहादुर बिश्वकर्मा
प्युठान,मोडलिङ क्षेत्रमा निकै आशालाग्दो बनेर उदाएका मोडल जोगेन्द्र बि क को नयाँ भिडियो सार्वजनिक भएको छ । मोडल जोगेन्द्रले अभिनय गरेको ‘सयौं जुनि तिम्रै हुन मन छ" बोलको भिडियो अहिले चर्चामा छ।

प्युठान नगरपालिका ९ मरन्ठानामा जन्मीएका यी युवा मोडलिङ क्षेत्रमा पाईला चाल्ने क्रममा छन् । नृत्य बाट मोडलिङमा प्रवेश गरेका उनी अहिले म्युजिक भिडियोहरुमा अग्रसर भएका छन् । पछिल्लो उनको यो गीत आशालाग्दो देखिएको छ । जोगेन्द्र भन्छन् ‘पहिलो भिडियोमा काम राम्रो गरेको छु, भिडियोबाट आफूलाई मिश्रीत प्रतिक्रिया मिलिरहेको छ ।’ 

चलचित्रको नायका नै बन्ने सोच राखेका जोगेन्द्र ले नृत्य संगै अभिनयलाई पनि अघि बढाउने बताए । जोगेन्द्र आफूले अभिनयको निखारताका लागि हर प्रयासहरु गरिराखेको बताउँछन् । उनी भन्छन्, ‘मलाई नृत्य विधा बढि मनपर्ने भएकाले विशेष गरि डान्सिङ म्युजिक भिडियोमा काम गर्न मन छ ।’
विस्तारै अभिनयलाई निखार्दै नेपाली चलचित्रमा समेत स्टार बन्ने उनको सोच छ । उक्त भिडियोमा उनलाई मोडल भावना बि क ले साथ दिएकि छन् । गीतमा सोभा थापा र हेमन्त परियार को आवाज रहेको छ भने दिलिप परियार  को लय शब्द रहेको छ । 

प्रकाश बस्नेतको निर्देशनमा तयार भएको भिडियोमा दिलिप परियार, नरेन्द्र खत्रीको म्युजिक ,बिजय थापा मगरको एरेन्जर र "केएसआरको "प्रस्तुतिमा तयार भएको भिडियोमा सन्देश जि सि ले क्यामेरा चलाएका छन् भने भिडियोलाई बिशेष डिजिटल स्टुडियो काठमाडौले सम्पादन गरेका छ।उनको हालै सार्वजनिक भिडियो यस्तो छ।

https://m.youtube.com/watch?


Click Here to Visit