पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई प्युठान आउने

राम बहादुर बिश्वकर्मा
प्युठान,पुर्व प्रधानमन्त्री एवम् जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई प्युठान आउने भएका छन् ।

वैकल्पीक राजनैतिक पार्टी निर्माणका शुत्रधार भट्टराई जिल्लामा पार्टी प्रशिक्षण तथा समायोजनका अतिरिक्त सरकारका नेतृत्व बर्ग ,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,राष्ट्र सेवक कर्मचारी र पत्रकार सङ्ग नेपालको समृद्धिको मार्ग चित्र र स्थानीय सरकारको भुमिका बिषयकमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुर्ब प्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा:भट्टराईको उपस्थिति रहने जनता समाजबादी पार्टि प्युठानका अध्यक्ष श्याम गहतराजले जानकारी दिए ।
उनका अनुसार प्युठान नगरपालिका ४ जुम्री स्थित यहि माघ १९ गते आयुस्मा होटलमा हुने कार्यक्रममा डा. बाबुराम भट्टराई प्रमुख वक्ता रहनेछन् । भने जसपाका स्थायी कमिटी सदस्य तथा कानुन बिभाग प्रमुख नबराज सुवेदी,केन्द्रिय सदस्य कर्णध्वज के सि,प्रबास प्रदेश बिभाग सह-इन्चार्ज जिएस गुरुङ , लुम्बिनी प्रदेश इन्चार्ज कमल खनाल ,लुम्बिनी प्रदेश सचिब यज्ञ पोख्रेल ,केन्द्रिय सदस्य मनिकर कार्की , केन्द्रिय सदस्य हरि रिजाल, 
समाजबादी महिला संघको महासचिब,भगवती सुवेदी, केन्द्रिय सदस्य सृजना सुबेदी,राधाथापा ,पन्कज राई प्रदेश सह इन्चार्ज कमल खनाल र नवीन कुमार सुनुवार पनि वक्ताको रुपमा रहने छन् ।