त्रिविका विद्यार्थी हेमराज थापाको युवाहरुलाई खुलापत्र !

प्रिय युवा मित्र नमस्कार,
म हेमराज थापा
जब शाशकहरु निकम्मा हुन्छ्न । तब देश अनावश्यक द्धन्द्धमा फस्दछ।युवाहरुले यो जान्न आवस्यक हुन्छ कि कुनै पनि देश आफैँमा शक्तिशाली र विकसित हुँदैन ।देशलाई शक्तिशाली र बिकशित बनाउन देशका युवाहरुले ठोस परिस्थिति अनुसार आफुलाई ढाल्नु पर्दछ र निर्णय लिन सक्नुपर्ने हुन्छ। विशेषतया तरल राजनैतिक अवस्था र निकम्मा शासक भएका देशहरुमा बैदेशिक शक्तिहरुले लगातार चलखेल गरिरहन्छ्न र दशकौँ सम्म देशमा द्धन्द्धमा र अशान्ती फैलिरहन्छ।एसिया बृत्तका अफगानिस्थान देखि अफ्रिकन सुडान ,कँगो र हाइटी सम्मको ईतिहास नियाल्ने हो भने कमजोर राजनैतिक धरातल र युवाहरुको ढुलमुले नितिले आज सम्म पनि ती देशहरुमा द्वन्द र अशान्ति छ।इतिहासको सँगिन मोडमा आज नेपालको युवाहरु छौँ,एकातिर राजनैतिक दलहरुको अक्रमण्यता र नालाएकिपना छ भने अर्कोतिर बैदेशिक दलाल विशेषतया भारतिय बिस्तारबाद र अमेरिकि हस्तक्षेपको कोपभाजनमा नेपाल छ। चक्कु, द्यव्ए र योगी आदित्यनाथ अनि तिनका गडफादर नरेन्द्र मोदीको रगतले लतपतियको मस्तिष्कको चक्र्ब्युहमा नेपाललाई पार्न खोजिँदैछ।उत्तरतिरकी जादुयी सुन्दरीको चामत्कारिक करिस्माले नेकपारुपि बयालगाढाका दुईजना पाइलटहरु पनि बेला बेला ढल्ने गरेका छन। BRI देखि MCC सम्म आइपुग्दा प्रस्ट रुपमा धर्तिको स्वर्ग हाम्रो प्रिय नेपाललाई शक्तिशाली देशहरुको खेल मैदान बनाउने योजना देखिन्छ ।
प्रिय युवा मित्रहरु…..

जनताको कुरा सुन्नेछौँ र राष्ट्रवाद भन्दा ठूलो हाम्रो ज्यान हुनेछैन भनेर कम्युनिस्टको उधाेग खोलेर जनतासँग पानीजहाज, बिजुली ,रेल र विकासको उधारो सम्झौता गरेका खड्ग ओली र छबिलाल दाहालले सम्झौता कार्यान्वयन गर्नुको साटो जनताको रगत र पसिना माथी मोज मस्ती गरिरहेका छन् भने नेपाल र नेपालिको सपना र भविष्यमाथी बलात्कार गरिरहेका छन्।रातारात जनताको सेवक बनेका हात्तिछाप चप्पलेहरु अरबौँका मालिक बनेका छन् ।

वाइडबडी,सुन,Ncell,बालुवाटारको जग्गा,यति ,ओम्नी,कोरोना राहातको १० अर्व हुँदै गोकुल बाँस्कोटा सम्म आइपुग्दा जनताको कर माथी भद्दा मजाक गर्दै एसियाको नम्बर एक भ्रष्टाचारी देश बनाएर त्यस नेतृत्व केपी ओलीले गरिरहेरका छन्। शक्तिशाली दुइतिहाइको जनमतलाई शासकिय बुटले कुल्चिएर आफैँले रचेको आफ्नो नक्कली राष्ट्रबादलाई स्खलन गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतीय शाशक मोदीलाई सुम्पिएका छन् भने बाँकी रहेका पार्टी र तिनका नेताहरु पनि ओलितन्त्र सँगै सति गएका छन् ।जसको परिणाम स्वरुप परिवर्तीत डिजिटलाइजेसन सँसार संगै हुर्किएको हाम्रो पुस्ता आज राजनीती र नेता प्रती एकदमै निरास बनेको छ।
प्रिय युवा ………
यति हुँदाहुँदै पनि हामिले यो कुरा जान्न आवस्यक छ की यदी संसार परिवर्तन गर्नु छ भने सुरु आफैँबाट गर्नुपर्छ भन्ने एउटा महान भनाइ हामिले कहिल्यै पनि बिर्सनु हुँदैन।यो संसारको ईतिहास हेर्ने हो भने,संसारका महान मान्छेहरू कुनै पनि परिवारवाद वा लिगेसीबाट आएका छैनन,आदिम प्लेटो सुकरात ,एरिसटोटल देखि महात्मा गान्धी,नेल्सन मन्डेला,अब्राहम लिँकनको कुरा होस वा कार्ल माक्स,माओत्सेतुङ ,लेनिन,फिडेल वा अर्नेष्ट चे होलान इतिहासका यी महामानवहरु साधारण जनता थिए।नेपालकै पुस्पलाल श्रेष्ठ ,बिपि कोइराला वा मदन भण्डारीको कुरा होला उहाँहरु सबै जना साधारण जनता हुनुहुन्थ्यो।आज नेकपाले र काँग्रेसले पुस्पलाल,मदन ,बिपि र गणेशमानहरुको ब्याज खाइरहेको छ। कोहि १४ वर्ष जेल बसेउँ भनेर ब्याज खाइरहेका छन,कोहि १० वर्ष जनयुद्ध लडेउँ भनेर ब्याज खाइ रहेका छन अनि कोहि हाम्रो जिब्रोमा करेन्ट लगाइयो भनेर ब्याज खाइरहेका छन।कोहि पृथ्वीनारायण शाह र राजा महेन्द्रको ब्याज हामीले खानु पर्छ भनेर लागिरहेका छन।

प्रिय युवा…….

कुनै पनि तन्त्र र बादहरु भन्दा ठूलो कुरा देश र जनता हुन्छ भन्ने कुरा तपाइँ, म र हामीले बिर्सिनु हुँदैन। इतिहासको निकै कठिन मोडमा उभिएर हामिले हिजो देखि आज सम्मको राजनैतिक पाटोलाई नियाल्ने हो भने यहाँ कोहि पनि चोखो छैन,२०४ वर्ष लामो शाह वंशीय शासन पनि नेपालमा देखिएको हो। राणा शासन पन्चायत ,प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा देश र जनताले के पाय के पायनन भन्ने कुरा तपाईं हामिले मुल्याँकन गर्ने कि नगर्ने ? आज निर्माण हुनुमा हिजोको महत्वपुर्ण भुमिका रहन्छ,इतिहासको गर्बमा रहेका नमिता सुमिता हत्याकाण्ड देखि बिरेन्द्रको बँशनास काण्ड होस वा मदन जिबराज हत्याकाण्ड होस्,मैना सुनुवार प्रकरण होस् वा प्रबिण गुरुङ हत्या काण्ड होस्,साँच्चिकै छातिमा हात राखेर सोच्ने हो भने शिबपुरी जंगल र भैरबनाथ गण भित्रका मानव कँकाल अनि चित्कारहरुको परिणाम नै आजको नागरिक सर्बोच्चता हो। यदि हामीले निर्मम र रक्तरन्जित हिजोलाई बिर्सियौँ भने हामी एकतर्फी हुनेछौँ।वर्तमान निकम्मा र भ्रष्ट शाशकहरुले देश र नागरिकको इक्षा अनुसार काम गरेनन भन्दै गर्दा हिजोका शाशकहरुको शनक र नालायकिपनलाई हामिले बिर्सियौँ भने इतिहासको अपब्याख्या हुन जान्छ र आउँदो भोलिले पनि दुख पाउँदछ।


प्रिय युवाहरु…….

समाज विज्ञानको नियम सधैं प्रोग्रेसिभ हुन्छ।जसरी दर्शन, प्रबिधि र विज्ञानमा नियमित परिवर्तन आएको छ ठिक त्यसै गरि राजनिती र दर्शन पनि परिवर्तित हुन्छ।आज हामी उत्तर आधुनिकताबादको इरामा छौं,नियो मार्क्सिस्ट इरामा छौ,पोस्ट डेमोक्रेसी र पोस्ट रिपब्लिक इरामा छौँ।यो सबै कुराको सार मल्टिपल रियालिज्म हुन्छ । यो युगमा आइपुग्दा नागरिक सर्बोच्चताको बिकल्प वंशवाद नभै अझ उच्चकोटीको नागरिक सर्बोच्चता हो। हामी त झन के भनिरहेका छौँ भने सिंहदरबार र बालुवाटारको लगाम जनताको हातमा हुनु पर्दछ।तपाइँ हामिले जान्नु पर्ने कुरा के हो भने SEE पास गरेर ११ /१२ मा पढ्ने हो।११/१२ मा फेल भयो भने१० कक्षामा आएर बस्ने हैन कि आफुलाई सुधारे मेहनेत गरेर ११/१२ पास गरेरत्यसै गरि हामिले चलाइराखेको एन्ड्रोइड मोबाइलमा खराबी आयो भने घरमा राखेको टेलिफोन सेट बोकेर हिँड्ने हैन कि एन्ड्रोइड फोनमा सुधार गरेर अझ राम्रो एन्ड्रोइड फोन आबिस्कार गर्ने हो।

वर्तमान मेडिसिनले काम गरेन भनेर धामी झाँक्रीलाई गुहार्न जाने हैन कि अझ नयाँ किसिमको इक्युपमेन्ट प्रयोग गरेर नयाँ मेडिसिनको आविस्कार गर्ने हो।यसको मतलब हिजोलाई भुल्नु पर्छ भनेको हैन, हिजोको प्रोग्रेसिभ बाटोका कारणले नै आज निर्माण भएको हुन्छ। पुरानो वंशी शासन,पुराना दल र पार्टीलाई त्यो समयमा उहाँहरुले गरेको योगदानलाई धन्यवाद दिँदै , आज अब हामी आफैँले युवातन्त्र स्थापना गरेर देशलाई अगाडि बढाउनु आजको आवस्यकता हो।एउटा महत्वपूर्ण कुरा हामिलाई कुलमान घिसिङ मन पर्नु हुन्छ,रवी लामिछाने,डाक्टर गोविन्द केसी,महाबिर पुन ,धुर्मुस सुन्तली,सन्दुक रुइत ,ज्ञानेन्द्र शाही,ज्वाला सँग्रौला धेरै मान्छेलाई मन पराउँछौ भने किन हामी उहाँहरुलाई प्रत्यक्ष भोट हालेर देशको राष्ट्रपती बनाउने बाटोमा हिँड्न सक्दैनौँ रुमानौँ पारस शाह र कुलमान घिसिङ वा रवी लामिछानेको तुलना गरेउँ भने को पात्र देशका लागि योग्य होलारुयो कुरा हामिले राम्रोसँग बुझ्न सकेनौँ भने हामिले धोका पाउनेछौँ।हामिले पारस शाहलाई देशको प्रमुख बनाउने वा कुलमान घिसिङ र रवी लामिछानेलाईरु संसदीय ब्यबस्थाले पनि कुलमान,रवी,गोविन्द केसि,महाबिर पुन र तपाईले हामिलाई न्याय दिन सकेन झन वंशीय शासनले त एउटै बंसको मान्छेलाई देशको शासन सत्ता सुम्पिने गर्दछ।

एउटा यस्तो लडाइँ लड्नु छ युवा मित्र जहाँ हामी सार्वभौमसत्ता नेपाल भित्र हामिले मन पराएको हाम्रो प्रिय पात्रलाई मुलुकको कार्यकारी प्रमुख चुन्न पाउँ। जान्नै पर्ने अर्को कुरा प्रिय युवा मित्र विद्यालयमा पढ्दा प्रतिस्पर्धा गर्नु पर्ने,जागिर खाँदा प्रतिस्पर्धा गर्नु पर्ने,खेलमा प्रतिस्पर्धा गर्नु पर्ने,सँसारमा सबै काम गर्दा प्रतिस्पर्धा गर्नु पर्ने अनि देश चलाउन प्रतिस्पर्धा नगर्नु पर्नेरुलाटो होस ,गाँडो होस,गँजेडी होस ,बूढो होस वंशीय मान्छेले अनि पार्टि भए त्यसको अध्यक्षले मात्रै देशको प्रमुख हुनु पर्छ भनेर भन्नू कति सम्म न्याय र तर्क सँगत होला यो उत्तर अाधुनिकतावादी युगमा !
प्रिय युवा मित्र…..

छातिमा हात राखेर भनौँ र सोचौँ आज हामी कसका लागि लड्दै छौँ ? कसका लागि नारा लगाउँदै छौँरुकसका लागि जिन्दावाद र मुर्दावाद भन्दै छौँरुकसका लागि झण्डा उठाउँदै छौँ ? भोलि कुनै दिन तपाईं हामी र हाम्रो घरको कोहि मान्छे उत्कृष्ट भयो,अब्बल जन्मियो वा जन्मियौँ भने के हामी देश चलाउने स्थानमा हुनेछौँ ? हामीले बोकेको झण्डाले के हामिलाई सर्बोच्च स्थानमा पुगाउने छ ? के हामीले चाहे अनुसार विकास पाउनेछौँ ? के भ्रष्टाचार हामिले चाहे अनुसार निर्मुल हुनेछरुके हामिले बिदेश जानू पर्ने छैनरुके हाम्रो शिक्षा ,स्वास्थ्य र रोजगारिको जिम्मा लिइने छरुहामिले जान्नै पर्ने कुरा के हो भने केही कुण्ठाले भरिएका बुद्धिजीवी जसले राजदुत पाएनन,जसले सँबैधानिक आयोगमा नियुक्ती पायनन सार्बजनिक पद धारण गर्न पाएनन तिनिहरुको उक्साहटमा लागेर जिन्दाबाद मुर्दावाद भन्नुको तात्पर्य के हुनेछ ? भ्रष्ट पार्टीहरुसँग लड्न नसकेर अरुलाई हारगुहार गरिरहेका उमेरले डाँडो काटिसकेका अनि मर्नु भन्दा अगाडि जसरी पनि मन्त्री पड्काउने र राज्यको नियुक्ति खाने लोभ पालेकाहरु अरुको साहारामा हिँड्न खिजिरहेका छन् । अनि हामी तिनिहरुकै उक्साहाटमा जिन्दावाद मुर्दावाद भन्दै समय खेर फालौँ ?हाम्रा बाजेले पनि जिन्दाबाद मुर्दावादमै समय खेर फाले,बाहरुले पनि जिन्दाबाद मुर्दाबादमै समय खेर फाले ,अनि हामी पनि जिन्दाबाद मुर्दावादमै समय खेर फालौँ तरुतन्त्र भन्दा पनि नीति र असल ब्यक्त्तित्वका कारणले देश विकसित हुने हो।

राजतन्त्र ,राणातन्त्र,पन्च्याततन्त्र,लोकतन्त्र,गणतन्त्र सबै तन्त्र हेरिसकेको हैन र हामीले ? हाम्रो के हाल भयो? हात लाग्यो शून्य , हामिले के पायौँ ?।तन्त्र भन्दा ब्यक्तिको सोच र नीति ठूलो हो भन्ने कुरा हामी मलेसिया,सिँगापुर,कोरिया,अरबिएन देश र चाइनाबाट सिक्न सक्छौं,जसले छोटो समयमौ आफ्नो देश र नागरिकलाई सँसारमै शक्तिशाली बनाए। हाम्रो देशका विभिन्न तन्त्रहरुले, बँसबादिहरुले आज सम्म के गरेरुहामिलाई झण्डा बोकाउनेहरुलाई प्रश्न सोध्ने कि नसोध्नेरुआफ्नो क्षेत्रमा अब्बल कुलमान,रबि,डक्टर केसि,सुन्दुक रुइत,धुर्मुस सुन्तलिहरुको टिमलाई मुलुकको कार्यकारी किन नबनाउनेरु सँसदबादी राजनीति गर्ने पार्टिले त स्विकारेनन स्विकारेनन अहिले सडकमा नागरिक सरकार र वंशवादीहरुकाे समर्थन गर्नेहरुले किन सविकार्न नसकेको? पारस शाह र बुढा भैसकेका पूर्व राजालाई मुलुकको प्रमुख बनाउन दौडिनेहरुले कुलमान ,रबि,महाबिर पुन,डक्टर केसि,धुर्मुस,ज्ञानेन्द्र शाहीहरुलाई हेप्न मिल्छ? नजर अन्दाज गर्न मिल्छ? अनि हामी युवा कसका लागि नारा लगाइरहेका रहेछौँ ? कसका लागि बोलिरहेका रहेछौँ ?प्रिय मित्र हामी बेरोजगार छौँ यसको मतलब यो हैन कि हामीलाई कसैले जिन्दावाद मुर्दाबाद भन्ने नारा लगाउन प्रयोग गरोस,हामी गरिब छौँ यसको तलब यो हैनकी कसैले हामिलाइ आफ्नो निहित स्वार्थका लागि प्रयोग गरोस,हामीसँग बाइकहरु छैनन यसको मतलब यो हैनकी कसैले हामिलाई आफ्नो स्वार्थका लागि प्रयोग गरोस, हाम्रो घरमा मीठो खान पाक्दैन यसको मतलब यो हैनकी कसैले आफ्नो लागि जिन्दाबाद मुर्दाबाद भनाउन हामिलाई भाडामा लगोस र होटेलामा रक्सी मासु खुवाएर हाम्रो स्वाभिमान किनोस।प्रिय युवा मित्र यो हामिले जान्नै पर्छ कि हाम्रो जन्म कसैको लागि जिन्दावाद मुर्दावाद भन्नका लागि भएको हैन,कसैको स्वार्थ पुरा गर्नका लागि बेचिनका लागि हाम्रो जन्म भएको हैन।कसैले हाम्रो गरिबी,हाम्रो जवानी र हाम्रो भाग्य खरिद गर्नका लागि हाम्रो जन्म भएको हैन।


प्रिय युवा,,

अब हामिले हाम्रो भविष्यका लागि,हाम्रा सुन्दर सपना साकार पार्नका लागि,हाम्रो सुन्दर भोलीका लागि,हाम्रो आउँदो पुस्ताको लागि अनि स्वाधिन नेपाल निर्माणका लागि हातेमालो गर्न आवस्यक छ।अब हामिले हाम्रा लागि लड्न आवस्यक छ,हामिले कसैका लागि जिन्दाबाद भन्नू छ भने त्यो नेपाल र हाम्रा लागि छ। कसैको लागि झण्डा उठाउनु छ भने त्यो हामी र देशका लागि उठाऔँं।बरु १० औँ वर्ष बाइक नचढौँ,१० औँ वर्ष रेस्टुँरामा खाना नखाउँ,१० औँ वर्ष विदेश नजाउँ,१० औँ वर्ष लडौँ तर हामी हाम्रा लागि लडौँ,हाम्रो भोलिका लागि लडौँ,देशको स्वाधीनता र बिकासका लागि लडौँ।के हामी हाम्रा लागि लड्न सक्छौं ? के हामी अरुको बौसाखिको साहारामा हिँड्न छोडेर हामी आफ्नो खुट्टामा उभिएर हिँडन सक्दैँनौँ ? कुनै पनि तन्त्र र jfदको पछाडी लाग्न छोडेर युवातन्त्र र नेपालवाद बोकेर आफू माथी विस्वास गरेर हाम्रो देश र हामी मान्छेका अनन्त सपनाहरूलाई काँधमा बोकेर अगाडि बढ्न सक्दैनौँ र।जनताको छोरो,काम गर्ने मान्छेलाई देशको राष्ट्रप्रमुख बनाउने राजनैतिक बिचारका लागि लड्न सक्दैनौँरुकार्यकारी निर्बाचित राष्ट्रपति जसको लगाम ( right to recall and reject)हाम्रो (जनता) हातमा होस।भ्रष्टाचारि र नाबालिका बलात्कारी हत्यारालाई मृत्यु दण्डको ब्यबस्था गर्नका लागि लड्न सक्दैनौँ ?शिक्षा, सवास्थ्य र रोजगारी राज्यको अनिवार्य दयित्व हुनेछ भन्ने गरि संविधान संशोधन गर्नका लागि लड्न सक्दैनौँ।कुलमान घिसिङ,रबि लामिछाने,डक्टर गोविन्द केसी,महावीर पुन,सिताराम कट्टेल जस्ता ब्यक्तिहरुलाई देशको निर्बाचित शक्तिशाली रास्ट्रपति बनाउने अधिकार ल्याउनका लागि लड्न सक्दैनौँ ? हामिले कहिले सम्म अरुका लागि लड्ने ? कहिल्यै राणाका लागि लडेउँ,कहिल्यै राजाका लागि लडेउँ,कहिल्यै केपी ओलीका लागि,कहिल्यै प्रचण्डका लागि,कहिल्यै देउवाका लागि लडेउँ अनि हामि र देशले के पायौँ ? हामी हाम्रा लागि कहिले लड्ने ? कृपया मलाई भनिदिनु होला हाम्रो देशको विकास,हाम्रो देशको माटो ,हाम्रो सुन्दर भोली अनि हामी आफ्नै लागि चाहिँ कहिले लड्ने ? किन नलड्ने ? यति भन्दै गर्दा कतिपयलाई नराम्रो लाग्न सक्छ तपाईंँहरु कतिलाई गाली गर्न मन लाग्ला ,गाली गरेरै कमेन्ट गर्नु होला त्यो सबै म सहनेछु किनकी यो मैले स्विकार्न सक्नु पर्छ।

मेरो सबै बिचार सहि छ भनेर भन्दिन् मेरो भन्दा सुन्दर राम्रो र मननयोग्य कुरा तपाईं सँग पनि हुन सक्छ ,त्यो तपाईं भित्र रहेको राम्रो कुरा सेयर गरिदिनु होला।हामी भन्दा माथी,हाम्रा तन्त्र र वाद भन्दा माथी,केपि ओली ,प्रचण्ड देउबा,बाबुराम र पूर्व राजा भन्दा माथी देश र जनता छन्,देशको सवाधिनता र विकास छ ।नेपाल र नेपालीहरुको सपना कुनै पनि तन्त्र र वाद भन्दा माथी छ।अब यो जिम्मेवारी युवाको हो हामीले कसका लागि लड्नेरुकिन लड्ने रुजो जसले पढ्दै हुनुहुन्छ कृपया युवाहरुले कमेन्ट गर्नुहोला अनि अरु युवालाई पनि प्रतिक्रिया दिन सहयोग गर्न सेयर गरिदिनु होला।

तपाई सबैलाई सम्मान सहित
तपाइँको शुभचिन्तक
हेमराज थापा
त्रिभुवन विश्व विद्यालय ,किर्तिपुर।