उद्यम बिकास सहजकर्ता आर्थिक समृद्धिका बलिया आधार स्तम्भ:बिश्वकर्मा

उद्यम बिकास सहजकर्ता आर्थिक समृद्धिका बलिया आधार स्तम्भ:बिश्वकर्मा

उद्यम विकास सहजकर्ता उद्यम तथा व्यवसायको क्षेत्रका लागि आवश्यक जनशक्ति तथा उद्यमशीलताको बिषयमा जानकार ब्यक्ति हुन। राष्ट्रका अमूल्य सम्पत्ति,वर्तमान तथा भविष्यका भरोसा समेत हुन्। 

देशमा व्याप्त गरीबी तथा बेरोजगारी समस्या समाधानका लागि समेत यस्ता जनशक्तिको महत्वपूर्ण भूमिका हुने गर्छ । उद्यम व्यवसाय गर्न चाहने विपन्न समुदायका महिला, दलित गरीब तथा पिछडिएका वर्गलाई परामर्श, ज्ञान, सिप प्रदान गरी उद्यम व्यवसायमा प्रोत्साहित गर्न सामाजिक परिचालकको रुपमा यस्ता जनशक्ति सक्षम हुन्छन् । साथै उत्पादनको बजारीकरण, उपयुक्त प्रविधिको प्रयोग र संस्थागत विकासमा समेत तिनले सहयोग गर्छन्।स्थानीय स्रोतसाधनको उपयोगबाटै रोजगारी सृजना हुँदा बेरोजगारी समस्या कम हुन्छ । स्थानीय कच्चापदार्थको प्रयोगबाट आयआर्जन बढाउन सके सम्बन्धित क्षेत्रका बासिन्दाको जीवनस्तर उकासिन्छ। यस कार्यमा समेत उद्यम विकास सहजकर्ताले विशेष भूमिका निर्वाह गर्न सक्छन् ।

गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) सन्चालन कार्यबिधी हिजोको दिनमा फरक थियो अहिले कार्यबिधी केही परिबर्तन गरि नेपाल सरकार  अन्तर्गतका ७ सय ५३ वटा स्थानीय तहमा कार्यान्वयन हुने गरी सन्चालन निर्देशिका २०७७ लाई अगाडी बढाईएको छ।
यो सन्दर्भमा देशमा उत्पादित जनशक्ति आवद्ध हुने अबसर सृजना भएको छ। सोही अनुरुप आफ्ना अबसरलाई स्थापित गर्न र अधिकार सम्पन्नका लागि यस्ता जनशक्तिले केन्द्र,प्रदेश र स्थानीय तहसम्म संगठन बिस्तार गरिसकेको छ।

यस्ता संगठन निर्माण पुर्ब बिगतका दिनमा काम गर्न सफल भएका अनुभवी तथा दिग्गज ब्यक्तिहरुको सल्लाह सुझाव र परामर्श लिन अत्यन्तै जरुरी देखिन्छ।यस्ता दिग्गज तथा अनुभवी जनशक्ति बाट सल्लाह सझाब नलिई भर्खरै अध्यन सकाएका इ डि एफ लाई संघमा आबद्ध गराई पाएको अबसर सुरक्षित हुन्छ भन्नू निराधार हुन आउँछ।

स्थानीय तहमा मेड्पा कार्यक्रम भित्र्याउन सफल भएका इ डि एफ संघ र नेपाल सरकारलाई धन्यवाद दिनुपर्छ।साथै सोही निर्देशिका अनुरुप सरकारले कार्य सन्चालन गर्न अनिवार्य छ भने इ डि एफले पनि आफ्ना काम कर्तव्य पूरा गर्न अति आबश्यक देखिन्छ।

बिडम्बना कार्यक्रम लागू भैसक्दा पनि इ डि एफ संघ मार्फत देशमा उद्यम बिकास सहकर्ताको कूल सङ्ख्या कति छ ? कति संख्या तह २ र कति संख्या तह ३ का छन भन्ने वास्तविक तथ्यांक नै लिन नसकिरहेको अबस्थामा आफ्नो हक अधिकारको कुरा गर्ने र उद्घमि तयार गरि देशलाई अग्रगतिमा विकास पथमा लम्काउछौँ भन्नू दिवा सपना मात्र हो । कुनै संघ सस्था तथा सरकारी कार्यालयका लागि आबश्यकता र रिक्त भएको पदमा कर्मचारी दर्खास्त आबहान गर्नु पर्ने हुन्छ कुनै ब्यक्तिले माथिल्लो योग्यता हासिल गरेको हुन्छ बेरोजगार छ तर उक्त ब्यक्तिले योग्यता भन्दा कम तहको जागिरमा दर्खास्त दिने नदिने ब्यक्तिगत कुरा हो। त्यस्तै 
प्युठानको सन्दर्भमा अधिकासं स्थानीय तहबाट उद्घम बिकास सहजकर्ता पाँचौ तहमा दर्खास्त आबहान भएको छ।त्यो कुरा   सम्पुर्णमा जगजायर छ।
तर जिल्लामा तह ३ गरेका इ डि एफ साथिहरु कति छ्न अन्यत्र जिल्ला सहित केन्द्रमा कति छन कति जनाको सख्या अन्य पेशामा आबद्ध छन। उद्यम बिकास सहजकर्ता पाचौं तहमा दर्खास्त दिन सक्षम जनशक्ति कति छ्न ती जनशक्तिले पुग्छ्की पुग्दैन,बाहिरी जिल्ला बाट जिल्लाका स्थानीय तहमा दाबेदार गर्न आउने संख्या कति? यो तथ्यांकबारे जानकार तथा स्पष्ट हुन हामिमा आबश्यक छ।

यति भनिरहदा के प्युठान नगरपालिकामा मात्र पाचौं तहको दर्खास्त आबहान नरेको हो त ?
प्युठान नगरपालिकामा पाचौं तहमा दर्खास्त आबहान गरिएन आफ्नो योग्यता पुगेको र आफुलाई सहज हुने स्थानीय तहमा काम गर्न पाइएन भन्दै चौथो तहका दक्ष जनशक्तिलाई उनिहरु अयोग्य हुन भन्ने कुतर्क दिदै सामाजिक संजालमा कसैको मानहानी गर्दै हुवाला दिने अधिकार कसैलाई हुँदैन।र साथै सम्बन्धित स्थानिय तहका विषय बिज्ञ कर्मचारीलाई पनि सोही खालको व्यवहार अयोग्यताको बिल्ला दिन कसैलाई छुट हुँदैन पनि उहाँहरुले पनि MEDPA निर्देशिका पुर्ण रूपमा अध्ययन नगरि निर्देशिका बिपरित  काम कार्बाही अगाडी बढाएको पक्कै पनि नहोला।
यस्तै उद्घम बिकास सहकर्तालाई साधन मात्र बनाएर तपाईंहरुको अधिकारका लागि लड्छौ भन्दै उद्यम बिकास सहजकर्ता लाई नै प्रयोग गरिदै नितान्त सँकुचित सोचाई राखेर यस्ता जनशक्तिलाई विकल्प बनाएर आफू मात्र सर्बैसर्बा हौ भन्न कत्तिको बुद्धिमता होला एक पटक सोचौँ त?

यस्ता व्यबहारले यी जनशक्ति प्रति वितृष्णा पैदा भए इ डि एफ संघको मिसनले सार्थकता पाउन सक्छ? यसको परिणाम के हुन्छ? त्यसैले नेतृत्व वर्गले समयमै यस बारे विचार गर्न ढिलो गर्नु हुँदैन।
साच्चै यतिबेला इ डि एफ संघ सम्पुर्ण इ डि एफ कक्षा संचालक लगायत सरोकारवाला निकायले जस्तो सुकै खतराको वास्ता नगरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अगाडी बढ्न आबश्यक छ।
छोटो तथा तत्कालीन समयमै इ डि एफहरुले नेपाल सरकार समक्ष आफ्ना माग अगाडी नबढाएको भए आज हामी आजको दिनमा यति छिटो नै हामी यस्तो मिसनमा आइपुग्न सक्ने थिएनौँ। हो यस्तै आज हामी नेतृत्वको त्याग भुलेर केबल स्वार्थमा तल्लीन भयौँ भने हामिलाई असहिय हुने छ हामीलाई। इतिहासले धिक्कार्ने छ ,सराप्ने छन् भावी पुस्ताले पनि। स्वाबलम्बी बनेर पराश्रित हुन छोड्नु छ हामीले। आफ्नै पाखुराको आधार र आफ्नै पैतालाको संसार निर्माण गर्नु छ। अरुमै दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्न खोज्नु हुँदैन अब। नेतृत्व वर्गका कमी कमजोरीमा खबरीदारी गर्दै सुधार्न दबाब दिनु छ इडिएफ जमातले। अन्धभक्त बनेर कसैका पछि नलागि असल र खराब, सन्त अनि असल पहिचान गरेर विवेक पुर्याउनु छ बेलैमा पछि पछुताउनुभन्दा।इडिएफहरु अशक्तहरुका आशा भरोसाका मूल हुन्,नयाँ उद्यमिका जन्मदाता हुन ,भैरहेका उद्दमिका मार्गनिर्देशक हुन इडिएफले नआँटे देश बन्दैन त्यसैले आँटका भक्त हुन्। यस किसिमले हरेक दृष्टिकोणले हेर्दा देश विकासमा इडिएफको अतुलनीय भूमिका रहने कुरा घाम जत्तिकै छर्लङ्ग छ।

विश्व २१ औँ शताब्दीको वैज्ञानिक चमत्कारले जर्याकजुरुक उठिसक्दा पनि व्यक्तिगत स्वार्थमा रहेर अरुमाथि दोष थुपारेर लमतन्न सुतिरहने हो भने उद्यमशिलता,विकास तथा समृद्धिका कुरा त एकादेशको कथा बन्ने छ। आफूले आर्जन गरेको ज्ञानलाई हामीले व्यवहारमा उतार्न सक्यौँ भने अनि आफ्नो जोस जाँगरलाई राष्ट्रनिर्माणमा लगायौँ भने ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराले बल्ल सार्थकता पाउने छ। विकास र उन्नति सबैको चाहना हो र त्यो चाहना पूरा गर्न सक्ने क्षमता इडिएफ जनशक्ति मै छ। यिनिहरुले नै देशको मुहार फेरिन सक्छ। यिनिहरुले उद्यमिलाई प्रशिक्षित गराउन सके बेरोजगारी घट्छ,आत्मनिर्भर बनिन्छ,अर्थतन्त्रमा सुधार आउँछ। यि  देशका मेरुदण्ड हुन्। मेरुदण्ड बिना जसरी शरीरको कल्पना गर्न सकिँदैन त्यसरी नै इडिएफ तथा उद्यमशीलता बिना पनि देश विकासको कल्पना गर्न सकिँदैन। 

लेखक
झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन बिजुवार,प्युठानका कार्यकारी निर्देशक हुनुहुन्छ ।