फूलवारी सहकारीलाई दोस्रो पटक ‘प्रोवेसन ब्राण्ड’

राम बहादुर बिश्वकर्मा
प्युठान,फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले दोस्रो पटक ‘प्रोवेसन व्राण्ड’ पाएको छ ।

प्युठानमा रहेको फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खैराले दोस्रो पटक नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्राप्त गरेको छ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को आज काठमाण्डौमा भएको २९ औ वार्षिक साधारण सभाको अवसरमा संस्थालाई राष्ट्रिय स्तरको ब्राण्ड प्रदान गरिएको हो ।

संस्थाका कोषाध्यक्ष किरण के.सी.ले  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलवाट राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितता गर्ने कार्यक्रम प्रोवेसन सफलताको प्रमाण पत्र ब्राण्ड ग्रहण गर्नुभएको छ ।

तस्बिर:राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलवाट संस्थाका कोषाध्यक्ष किरण के.सी.ले राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितता गर्ने कार्यक्रम प्रोवेसन सफलताको प्रमाण पत्र ब्राण्ड ग्रहण गर्दै


संस्थाका ब्यबस्थापक प्रकाश बैद्धले वि.स.२०५५ सालमा खैरा गाउँका १३ जना युवाले मासिक एक सयका दरले एक हजार तीन सय रुपियाँबाट सुरुवात भएको यो सहकारीले हाल सम्म आइपुग्दा १५ करोड कुल पुजि रहेको बताउनुभयो । 

उहाँले सहकारी संस्थाको बिगत १३ बर्ष अगाडी देखि १८ लाखको लागतमा आफ्नै सुबिधायुक्त भवन रहेको, संस्था मार्फत बर्सेनि दुई सामाजिक कामहरु गर्ने गरेको,आफ्ना शेयर सदस्यहरुको मृत्यु भएमा प्रति ब्यक्ति मृतकका परिबारलाई राहत कोशको नितिगत ब्यबस्था अनुसार सदस्यले राहत कोशमा गरेको योगदानका आधारमा २५०० देखि २५ हजार सम्मको सहयोग उपलब्ध गराउने गरिएको, हरेक बर्ष उत्कृष्ठ सञ्चारकर्मी, उत्कृष्ठ शेयर सदस्य, ऋणि, शेयर खरिदकर्ता र बचतकर्ता समेतलाई पुरस्कृत गर्ने गरिएको र यस बर्ष कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य कार्यालयलाइ २५ हजार बराबर  स्वास्थ्य सामाग्री प्रदान ,प्युठान नगरपालिका २०००० ,माण्डबि गाउपालिका १० हजार ,मल्लरानी गाउपालिका १० हजार ,ऐरावती गाउपालिकालाइ १० हजार प्रदान त्यस्तै एस बर्ष बित्तीय साक्षरता ,ट्राफिक सचेतना, युबा मोटर ड्राइभिङ तालिम ,कोरोनाका कारण रोजगार गुमेका सदस्य्लाइ ९ प्रतिशत ब्याज मा सहुलियत कृषि कर्जा प्रदान लगाएतका आगामी बर्षका कार्यक्रम रहेको बताउनुभयो ।

राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितता गर्ने कार्यक्रम प्रोवेसन सफलताको प्रमाण पत्र ब्राण्ड

सस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले अहिलेको परिबेशमा समुदायको बैंक भनेकै सहकारी रहेको हुदा सहकारी चलाउनका लागि सरकारको निति र बिधि र प्रबिधि अनुसार सहकारीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
असम्भव भन्ने केहि छैन् सन्चालक समितिका साथिहरु,ब्यबस्थापक, कर्मचारी ,सेयर सदस्य लगायतको मेहनत बाट बर्सेनि यसरी सफलता मिलेको छ । उहाँले भन्नुभयो ।" जसरी वित्तीय अडिट हरेक वर्ष गरिन्छ त्यसै गरि प्रोबेसनको पनि सिस्टम अडिट हरेक वर्ष हुन्छ । त्यो मापदण्ड कायम राख्न सकेमा मात्र ब्रान्ड पाउने हो । यस भित्र पर्ल्स( वित्तीय ) र हिमाल ( सुशासन) का ५० वटा सुचकमा १०० पुर्णाङक हुन्छ । ६० मार्क भन्दा माथी ल्याउनेले  प्रोबेसन ब्रान्ड प्राप्त गर्द्छ ।"

फूलवारी बचत तथा ऋण सहकारी संस्थामा जिल्लाकै दोस्रो ठुलो सहकारी संस्थाको रुपमा चिनिन्छ । भने उक्त सस्थामा हाल ४ हजार २ सय ५० सदस्य आवद्ध रहेका छन् ।

सहकारीका मूल्य, मान्यता अनुसार पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबारको भोलुम वृद्धि, सेवा केन्द्र विस्तार, लगानीका हिसाबले फुलबारी सहकारी सस्था प्रभावकारी बन्दै गएको सेयर सदस्यहरुको बुझाई छ।

जिल्लाको खलंगा,जस्पुर तथा विजुवारमा सेवा केन्द्र स्थापना गरि सदस्यलाई सेवा दिदै आएको फुलबारी सहकारी संस्था जिल्लाकै पहिलो ठुलो सहकारी संस्थाको रुपमा चिनिन्छ।

फूलवारी सहित नेपालका ४० वचत तथा ऋण सहकारीले यस वर्ष प्रोवेसन व्राण्ड पाउन सफल भएका छन् ।