काठमाडौं। पाकिस्तानका लिस्ट ए क्रिकेट खेलाडी जाफर सर्फराजको कोरोना भाईरसका कारण निधन भएको छ।कोरोनाको संक्रमणपछि पेसावरको एक अस्पतालमा उपचार गराएका जाफरको मंगलबार निधन भएको हो। उनलाई तीन दिनदेखि आइसीयुमा राखिएको थियो । ५० बर्षीय जाफर पाकिस्तानका पूर्व क्रिकेटर अख्तर सर्फराजका भाइ हुन् ।बायाँ हाते मिडिल अडरका ब्याट्सम्यान जाफरले पाकिस्तानका लागि १५ वटा लिस्ट ए खेल्दै ६ सय १६ रन बनाएका थिए ।कोरोनाका भाईरसका कारण पाकिस्तनमा ९६ जनाको मृत्यु भइसकेको छ । पाँच हजारभन्दा बढी मानिस संक्रमित छन् । आजमात्रै ३ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ । १ हजार ३७८ जना उपचारपछि निको भएका छन् भने ४ हजार ३६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ
।
Tags :
सम्बन्धित खवर
एपिएफलाई ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि
९ महिना अगाडि
बायर्नलाई सात अंकको अग्रता : लगातार आठौं उपाधि नजिक
९ महिना अगाडि
विश्व भलिबलको वरियतामा नेपाल ८६ औं स्थानमा
९ महिना अगाडि
प्रतिक्रिया राख्नुहोस्