डाक्टरमा कोरोना पुष्टि : प्युठानका स्थानीयमा त्रास

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला अस्पताल बिजुवारमा सेवारत डाक्टरमा कोरोना संक्रमण देखिएको छ।
अस्पतालको आइसोलेसनका संक्रमितको उपचारमा खटिएका डाक्टर नै कोरोना संक्रमित भएका हुन्।  स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदिका अनुसार आईतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा अस्पतालका डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। पुष्टि भएसँगै उनलाई आइसोलेसनमा राखिएको छ। आइशोलेसनमा रहेका संक्रमित, स्वास्थ्यकर्मी ५ जनाको पीसीआर परीक्षणका लागि भैरहवा पठाइएकोमा डाक्टरमा मात्र कोरोना पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख सुबेदिले जानकारी दिए। उनले भने, ‘कन्ट्रयाक ट्रेसिङबाट सन्क्रमण पुष्टि भएको हो, केही दिन अगाडि एक जनामा कोरोना पोजेटिभ देखिएको बिरामीलाई उपचारमा संलग्न हुनुभएको थियो । उक्त बिरामीलाई रिफर गरिए पस्चात उहाँलाई कोरोना परिक्षण गरिएको थियो।’
डाक्टरमा नै संक्रमण पुष्टि भएको खबरले समुदायमा फैलने डर स्थानीयको छ।