प्युठानमा भेला,गोष्ठि र दशै मेलामा रोक,सबै बिद्यालय बन्द गर्न निर्देशन

प्युठानमा भेला,गोष्ठि र दशै मेलामा रोक,सबै बिद्यालय बन्द गर्न निर्देशन

राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठान जिल्लामा कोरोनाको सङक्रमण बढ्न थालेपछि ‘फेस्टुफेस’ पढाउँदै आएका विद्यालय बन्द हुने भएका छन ।

कोभिड-१९ को जोखिम रहेकाले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र को निर्णयले जिल्लाका सबैजसो नगरपालिका तथा गाउँ पालिकाले विद्यालयहरुलाई ‘फेस्टुफेस’ पढाई बन्द गर्न निर्देशन दिएको छ।अर्काे सूचना प्रकाशित नभएसम्मका लागि विद्यालयमा सञ्चालन भएका प्रत्येक्ष विधि पठनपाठन तत्काल बन्द गरी बैकल्पिक विधि अपनाउन भनिएको छ ।

जिल्लामा असोज महिनाको दोस्रो हप्ता देखी विद्यालयहरु सञ्चालन हुँदै आएका छन। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले विद्यालयहरुले प्रत्येक्ष विधि (फेस्टुफेस) बाट गराइरहेको पठनपाठन बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।चाडपर्व नजिकिँए संगै भारत तथा तेस्रो मुलुकबाट जिल्ला भित्रनेको संख्या दिनप्रतिदिन वृद्धि भए संगै समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेकोले विद्यालय बन्द गर्न लागिएको भुसालले जानकारी दिनुभयो।

संक्रमणको दर वृद्धि भैरहेको बेला विद्यालय सञ्चालन गरे विद्यार्थी संक्रमणको सिकार हुन सक्ने भन्दै विद्यालय बन्द गर्नु परेको उनको उहाँको भनाई छ ।सूचनालाई बेवास्ता गरी प्रत्येक्ष विधिबाट विद्यालयमा पठनपाठन गरेमा त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिको हुने सूचनामा उल्लेख छ ।
जिल्ला प्रसासनले जारी गरेको सूचनामा भेला, गोष्ठि र दशै ,तिहारमा आयोजना गरिने मेला तथा मनोरञ्जन लगायतका अनावश्यक जमघट तथा भेटघाट नगर्न नगराउन निर्देशन दिएको छ ।