मरन्ठाना बाट प्रहरी चौकी प्रमुख टीका कुवरको बिदाई, भावुक बने सेवाग्राही 

मरन्ठाना बाट प्रहरी चौकी  प्रमुख टीका कुवरको बिदाई, भावुक बने सेवाग्राही 

राम बहादुर बिश्वकर्मा

प्युठान,मरन्ठाना प्रहरी चौकी इन्चार्ज टीका कुवरको बिदाईका लागि प्युठान नगरपालिका वडा न ९ मा आयोजित बिदाइ कार्यक्रममा जनप्रतिनिधि , नागरिक कर्मचारीको अनुहार मलिन थियो भने आँखामा आँशु देखिन्थ्यो । यतिका समयसम्म सँगै हातेमालो गर्दै काम गरेका सँगको बिछोडको पीडा उहाँहरुसँग थियो । उनीहरुमध्ये केही आफूहरुबीचको सम्वन्धलाई स्मरणीय बनाउन मोबाइलमा सेल्फी खिचीरहेका देखिन्थे।
करिब २ बर्ष सम्म सँगै जनताको माझ काम गरेको ब्यक्तिलाई बिदाई गर्दा कसको मन दुखित हुँदैन र । कार्यक्रम सञ्चालन गर्दै प्युठान नगरपालिका ९ का वडा सचिब धुर्ब जि सि पनि भाबुक बन्नुभयो उहाँले भन्दै हुनुहुन्थ्यो, अब आउने चौकी इन्चार्जले पनि राम्रा कामहरुको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो।
बिगतमा के के भयो मरन्ठानाका नागरिकले नेपाल प्रहरी बाट के कस्ता सहयोग पाउनुभयो समिक्षा नगरौं तर म जहाँ जान्छु नमुना काम गरेर देखाउँछु।, बिदाई लिदै मरन्ठाना प्रहरी चौकी प्रमुख टीका कुवरले भन्नुभयो, ‘मरन्ठानामा हुने गरका समस्या ,शान्ति सुरक्षा ,बिकृती बिसङ्गतिका सबाल र अहिले बिश्वब्यापी रूपमा नै सन्त्रासको रूपमा रहेको कोभिड (१९ मा निभाएको भुमिकाका कारण मैले आममानिसहरुको समर्थन र स्याबासी पाएँ । ‘आफूले जुनसुकै काम गर्दा पनि निश्चित स्वार्थ समूहको पछि नलागी आममानिसको चाहनाबमोजिम काम गर्ने हुनाले मलाई सबैक्षेत्रबाट सहयोग मिल्ने गरेको छ, बिदा भएर जाँदाजाँदै कुवरले ले भन्नुभयो, ‘अब आउने चौकी इन्चार्जले नयाँ थप काम नगरे पनि मैले थालेका राम्रा कामले निरन्तरता पावस,जनताको सेवामा समर्पित भई निःस्वार्थ भावनाले सेवामा तल्लीन कुवरको मरन्ठानावासीले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन्। यो एउटा नमुना काम हो ।

तस्बिर: चालकलाई घुम्तिमा जथाभावी गाडी नहाक्न सल्लाह दिदै कुवर

चौकी इन्चार्ज भएर भएर २ बर्ष मरन्ठानामा बस्दा कुवरले कयौं नमुना नमुना काम गर्नुभएको छ । विसं २०७५ भदौ ३० गते मरन्ठानामा चौकी इन्चार्जको रुपमा सरुवा भई आउनुभएका टीका कुवरको जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएको छ।
मरन्ठानामा बसेर अहोरात्र खटिएर बस्ती बस्तिमा पुग्ने चौकी इन्चार्ज भनेर परिचित कुवरले शान्ति सुरक्षामा देखाएको तदारुकताकै कारण आम मानिसले खुलेर उहाँको प्रशंसा गरेको प्युठान नगरपालिका ९ का अध्यक्ष नेहरसिह के सि ले बताउनुभयो ।

तस्बिर :उत्कृष्ट काम गरेको भन्दै प्युठान नगरपालिका-१० मार्फत मरन्ठाना प्रहरी चौकी प्रमुखलाई प्रदान गरिएको सम्मान पत्र


२०७५ देखि २०७७ भदौ २८ सम्म उहाँले चौकी इन्चार्जको रुपमा भूमिका निर्वाह गर्नुभयो । यस समयमा अहिले कोभिड १९ को महामारी बढिरहेको छ। सबैभन्दा गज्जबको कुरा त नेताले गर्न नसकेकोे समस्याको समाधान चौकी इन्चार्जले गरेको भन्दै मरन्ठानावासीले निकै प्रसंशा गरेका थिए । ग्रामीण क्षेत्रमा मदिराका कारण पारिबारिक कलह ,बिमेल ,आत्महत्या जस्ता बिकृति बिसङ्गतीलाई सल्टाइदिएपछि कुवर लोकप्रिय बन्नुभएको थियो । झिमरुक गाउँपालिका -६, मल्लरानी गाउँपालिका -१ कार्यक्षेत्र हेर्ने गरि मरन्ठानामा रहँदा कयौं सुधारका काम गर्नुभएका इन्चार्ज कुवरले आफूले गरेका कामहरुको बारेमा निर्णय पुस्तिका नै तयार पारी हस्तान्तरण गरिसक्नुभएको छ । उहाँले गर्नुभएको कतिपय काम कार्यालयसँग सम्बन्धित छन भने कतिपय आमनागरिक सँग प्रत्यक्ष सरोकार राख्ने छन् । जसबाट सुरक्षा व्यवस्था चुस्त भई मरन्ठानाबासीले शान्तिको आभास गरेका छन् । आफू कार्यालयमा मात्र बसेमा जनताका वास्तविक समस्या बुझ्न नसकिने भन्दै कुवरले जनताको पिर मर्का र गुनासा सुन्न र समाधान गर्न स्वयं आफै नै फिल्डमा नै पुग्ने निर्णयसमेत गर्नुभएको थियो । त्यस्तै कुवरकै अगुवाईमा २०६४ साल देखि भाडामा बस्दै आएको समस्यालाई मध्यनजर गरि स्थानीय सङ्ग समन्वय गरि भबन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गरिएको छ । मरन्ठानामा इन्चार्ज रहँदा कुवरले थुप्रै काम गर्नुभयो। नेपाल प्रहरीले गर्ने नियमित कामबाहेक कुवरको नेतृत्वमा मरन्ठाना बासिले स्मरण गरिरहने कार्यहरु समेत सुरु भएका छन् । जसको सकारात्मक प्रभाव मरन्ठाना क्षेत्रका बासिन्दाले महसुस गरेका छ्न । 

तस्बिर:कोभिड- १९ महामारीमा सर्बसाधारण लाई मास्क हस्तान्तरण गर्दै


१९ वर्षको जागिरे दौरानका क्रममा उहाँले विभिन्न जिल्लामा प्रहरी कार्यालय मातहतमा रहेर जिम्मेवारीका साथ सेवा गर्नुभयो । विसं २०५८ सालमा सेवा प्रवेश गर्नुभएका कुवरले क्षेत्रीय प्रहरी तालिम केन्द्रमा सिपाहि पदबाट आफ्नो जागिरे जीवन सुरू गर्नुभएको हो ।
उहाँको यहाँका जनप्रतिनिधि ,राजनैतिक दल, पेशा कर्मी, पत्रकार संगै नागरिक समाज र मानवअधिकार कर्मीहरुले पनि सेवाग्राहीको मन जितेर प्रिय बनेका कुवरको सुखद भविष्यको कामना गरेका छ्न। जिल्ला समन्वय समितिका सदस्य रेशमा गिरी मरन्ठाना प्रहरी इन्चार्ज कुवरले अपराध नियन्त्रणमा कुवरले खेलेको भूमिका अतुलनिय रहेको बताउनुहुन्छ । महिला तथा वालवालीका माथि हुने अपराध न्यूनिकरणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । चौकी इन्चार्ज कुवरको काम निकै प्रशंसायोग्य रहेको भन्दै प्युठान नगरपालिका १० का वडा अध्यक्ष पदम गिरीले पनि कसैको दबाब र प्रभावमा नपरी राम्रो काम गरेको भन्दै कुवर प्रति आभार प्रकट गर्नुहुन्छ ।
मरन्ठानामा छोटो समयमा महत्वपूर्ण काम गरेकै कारण उहाँको बिदाई असहज देखिए पनि पुनः प्रमुख भएर उनि मरन्ठानामा फर्कने कुरामा मरन्ठाना बासिहरु बिस्वस्थ छन्।

तस्बिर:नागरिकको समस्या बुझ्न कुवर आफै फिल्ड पुगेको