सुरक्षित नागरिक अावास कार्यक्रम नागरिकमुखी बनोस!  

जाल बहादुर क्षेत्री 
प्यूठानमा सुरक्षित नागरिक अावास कार्यक्रममार्फत १७ सय वढी घरको फुसको छानो हटेर टिनको छानो वन्ने भएपछी त्यस्को जस लिने सामाजिक सञ्जालहरुमा चर्चा चलिरहेको छ। सुरक्षित नागरिक अावास कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले असुरक्षित वसोवास गरिरहेका नागरिकलाई सुरक्षित वसोवास गराउने लक्ष्यले सञ्चालन गरेको कार्यक्रम हो। नेपालमा काठमाण्डौ उपत्यका वाहेक अरु सवै जिल्लाहरुमा यो कार्यक्रम लागू भएको छ। 

नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हकको रुपमा उल्लेख गरेको सुरक्षित अावासको अधिकारको सुनिस्चितताका लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा रहेको कार्यक्रम हो। यो कसैले मागेको वा धाएको भरमा अाएको कार्यक्रम भन्न खोजिदै छ त्यो गलत हो।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा अोली नेतृत्वको सरकारले चालू अा.व. को नीति तथा कार्यक्रम अनुसार फुस तथा खरको छानो हटाउने अभियान अन्तरगत सुरक्षित नागरिक अावास कार्यक्रम सञ्चालन रहेको छ। सरकारले घरवासविहिन तथा अति विपन्न परिवारका लागि 'जनता अावास कार्यक्रम' र जोखिम घर भएका हरुका लागि 'सुरक्षित नागरिक अावास कार्यक्रम' ल्याएको छ।

सुरक्षित नागरिक अावास कार्यक्रमवाट प्यूठान जिल्लामा जोखिमपुर्ण वसोवास गरिरहेका १७ सय ६ विपन्न परिवार लावान्वित हुने भएका छन्।लावान्वित परिवारले ५० हजार रकम पाउने छन्।
सुरक्षित नागरिक अावास कार्यक्रम कार्यन्वयन कार्यविधीले यो कार्यक्रम कार्यन्वयनका लागी केन्द्रमा   नेपाल सरकारका माननीय शहरी विकास मन्त्रीको संयोजकत्वमा केन्द्रीय सुरक्षित नागरिक अावास समन्वय समिती रहने व्यवस्था रहेको छ। यो समितिले कार्यक्रम कार्यन्वयनका लागि वजेट र अावश्यकताको अाधारमा जिल्ला, स्थानिय तह र तहगत अधिकतम लावान्वित संख्या तोक्ने, अनुदान रकमको निर्धारण, पुनरावलोकन, अनुगमन लगायतका कार्य गर्ने गर्दछ।

नेपाल सरकारले उक्त कार्यक्रम कार्यन्वयनमा सहयोग पुर्याउन (सुरक्षित नागरिक अावास कार्यक्रम कार्यन्वयन कार्यविधी-२०७६ मार्फत) कार्यक्रम कार्यन्वयन हुने हरेक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालिवाट निर्वाचित प्रतिनिधि सभा सदस्यको संयोजकत्वमा त्यस निर्वाचन क्षेत्रअन्तरगतका सवै स्थानिय तहका प्रमुखहरु सदस्य रहनेगरी सुरक्षित नागरिक अावास समन्वय समिती रहने व्यवस्था छ। जस्ले कन्द्रिय समन्वय समितिवाट प्राप्त निर्देशन कार्यन्वयन गर्ने, केन्द्रीय समन्वय समितिवाट तोकिएका स्थानिय तहका वडाहरु र अधिकतम अावास संख्या तोक्ने, लाभग्राहि छनोट तथा गुनासो सुनुवाई लगायतका कार्यहरु गर्ने व्यवस्था छ।    लेेेखक :  (अनेरास्ववियू प्यूूूूठान  संंयोजक )हुुुुुुनुहुन्छ ।