दलितले घर छोयो भन्दै जरिवाना तिराउनेलाई ६४ दिन कैद र ५० हजार जरिवाना

दलितले घर छोयो भन्दै जरिवाना तिराउनेलाई ६४ दिन कैद र ५० हजार जरिवाना

गुल्मी, गुल्मीको कालीगण्डकी गाउँ पालिका वडा न.५ फोक्सिङका श्याम बहादुर परियारलाई २०७७ बैशाख २३ गते स्थानीय नेत्र बहादुर काउछाको घरमा पसेको भन्दै दलितले घर छोयो भनी स्थानीय बसेर श्याम परियारलाई रु. १५०० सय जरिवाना तिराइ घर चोख्याएका थिए।

श्याम बहादुर परियार आफ्नो हजुरआमाको मृत्यु भए पछी शब सतगत गरि फर्कने क्रममा निकै ठूलो हावा हुरि , असिनापानी परे पछि बाटोमा बनाउदै गरेको नेत्र बहादुर काउछाको घरमा ओत लागेका थिए । साथमा अरु पनि थिए अरु घर भित्र नै ओत लागे पनि श्याम भने पिढिको छेउमा ओत लागेका थिए । 
त दलित सानो जात भएर पनि ठुलो जातको घर छुने, पस्ने यत्रो हिम्मत भन्दै श्याम परियार र उनका बुवा धनबहादुर परियारलाइ समेत हातपात गरेका थिए ।भोलिपल्ट श्याम परियार दलित भएर पनि ठुलो जातको घरमा छिरेको भनी स्थानीय बसि पहिला ७००० हजार तिराउने कुरा भए पनि अन्तिममा रु १५०० सय श्याम परियारलाई तिराउन लगाएका थिए साथै घर चोख्याएका थिए ।

उक्त घटनाको देश भरीबाट नै चर्को बिरोध र आलोचना भएको थियोे । गुल्मिका अधिकारकर्मी , युवाहरुको पहलमा उक्त घटना २१ औं सताब्दिको निक्रिस्ठ , लाजमर्दो र मानव सभ्यताको कलङ्क र मानबअधिकार विरुद्धको घटना भएको भनी यो मुद्दालाई जोडतोडका साथ उठाएका थिए ।

उक्त घटनाका पिडक नेत्र काउछा विरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऎन अनुसार जिल्ला प्रशासन गुल्मीमा जाहेरी दर्ता भएको थियोे ।
छुवाछूत र जातीय बिभेदको जाहेरी दर्ता गरेको करिब २ महिना पछी जिल्ला अदालत गुल्मीले निज पिडक नेत्र काउचा माथि ५० हजार जरिवाना ,१० हजार क्षतिपूर्ति र ६४ दिन कैद सजाय अदालतले फैसला गरेको छ ।