यस वर्ष विद्यालय नखोल्ने निर्णय

कोरोना भाइरसको संक्रमण झन् बढदै गएपछि सरकारले विद्यालय नखोल्ने निर्णय गरेको छ। अब यो वर्ष विद्यालय र क्याम्पस नखुल्ने भएका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार कोरोना सं कटका कारण यो शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालय नखुल्ने भएको हो।

पठनपाठन वैकल्पिक विधिबाटै हुने मन्त्रालयले जनाएको छ । भर्चुअल (अनलाइन) कक्षा , घरमै सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र गरी चार वटै विधिमा पठनपाठन गरिनेछ।  विश्वविद्यालयमा समेत सोही विधिमा पठनपाठन हुने मन्त्री पोखरेलले बताएका छन्।

सरकारले असार १ गते वैकल्पिक सिकाइ अभियान सुरु गरेको थियो। तर, सबै विद्यालयले यसलाई लागू गराउन सकेका छैनन्।  वैकल्पिक कक्षालाई प्रभावकारी बनाउन शिक्षण संस्थाले आफ्ना विद्यार्थीको खोजी गर्नुपर्नेछ।

उनका अनुसार वैकल्पिक पठन विधि विद्यालयदेखि विश्वविद्यालयसम्म लागू हुनेछ। कोरोना संक्रमण रोक्न चैत ५ गतेदेखि देशभरीका शैक्षिक संस्था बन्द गरिएका छन्।  करिब ९० लाख विद्यार्थीहरुले विद्यालय गएर नियमित पठनपाठन गर्न पाएका छैनन्।

लकडाउनमा पढाइ कसरी लिने अनलाइन कक्षा?

२१ औँ शताब्दीमा सूचना-प्रविधिले ठूलै फड्को मारेको छ। एमएस(डसको कालो स्क्रिनमा कमाण्ड लेख्नेदेखि लिनक्सका अप्ठेरो कोडसम्म, ६४० केबीबाट आज आएर ८ जिबीसम्म पुगेपछि कम्प्युटर तथा यसको प्रयोगको क्षेत्र विस्तार हुँदै गएको छ।

अहिले आवश्यकताअनुसार कस्टमाइज गरेर ब्रान्डेड वा एसेम्बल्ड सिस्टम किन्न पनि पाइन्छ, साथै नयाँ ल्यापटप किन्दासमेत र्यााम थपेर अनि हार्डडिस्क ड्राइभको सट्टा सोलिड स्टेट ड्राइभ परिवर्तन गरेर लिन सकिन्छ।

प्रविधिसँग जोडिएका सबै कुरा परिष्कृत हुँदै आएको छ( भर्सनको अपडेट, नयाँ सफ्टवेयर, मोबाइलका अपरेटिङ सिस्टम अनि हिजोको महँगो मूल्य पर्ने ल्यापटप, कम्प्युटर, र्यारम, हार्डडिस्क आदि आजभोलि सस्तोमा र ठूलो परिमाणमा खरीद(बिक्री हुन थालेको छ।

आज कम्प्युटरले धेरै क्षेत्रलाई ठूलो सहयोग गरेको छ। डेस्कटप मात्र नभई ल्यापटप, स्मार्टफोन, साथै कम्प्युटरजन्य अन्य मेसिन पनि यसमा समेटिएका छन्। हाल कोरोनाभाइरसको महाकारीलाई नियन्त्रण गर्न जारी लकडाउनमा सूचना(प्रविधिको प्रयोग अधिकतम गर्न सकिन्छ।
फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा मात्र सीमित नरही व्यक्तिगत च्याट, भिडियो कल, ह्वाट्सएप, भाइबर, इमो वा स्काइपदेखि अलग्गै पनि संसार छ। लकडाउनसँगै गुगलको ह्याङ्गआउट, मिट, माइक्रोसफ्टको टिम, स्काइप र जुमलगायतबाट भिडियो कन्फरेन्सिङ कल गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ।

वर्क फ्रम होम सुरुसुरुमा नेपालमा खासै धेरै प्रयोग नभए पनि सन् २०२० को मार्च महिनादेखि वर्क फ्रम होमले निक्कै नै प्राथमिकता पाएको छ। यो कुनै नयाँ अवधारणा भने अवश्य थिएन।वर्डप्रेसका संस्थापक म्याट मुलेंवेगले यसबारे सन् २०१९ फेब्रुवरी ५ मा टेडटकमार्फत् एउटा भाषणमा वर्क फ्रम होमको बारेमा बताएका थिए। अहिले संसारको हरेक ठाउँमा वर्क फ्रम होमको अवधारणालाई अङ्गीकार गरिँदै छ।

नेपालमै पनि केही संघसंस्थाहरूले यसलाई सुरुदेखि नै प्रयोगमा ल्याएका छन्। र, अबका दिनमा यो अवधारणा नेपालमा पनि बिस्तारै लागु हुनेमा कुनै संशय नहोला। यसले उत्पादकत्वमा पनि राम्रै परिणाम ल्याउन सक्छ। स्टडी फ्रम होमयदि कार्यालयको काम घरबाट गर्न सकिन्छ भने विद्यालय वा कलेजका काम पनि यसरी नै घरबाट गर्न नसकिने कुरै होइन।

अर्थात्, जसरी वर्क फ्रम होम सम्भव छ, त्यसरी नै स्टडी फ्रम होम पनि सम्भव छ। अनलाइनमार्फत् क्लास गराउने, होमवर्क दिने, चेक गर्ने, हाजिरी गर्ने, भिडियो कल र कन्फरेन्समार्फत् शिक्षकलाई सोध्ने आदि गर्न सकिन्छ।

यसो गर्दा सुरु(सुरुमा असहजता केही होला, तर यसको फाइदा भने अवश्य हुनेछ। नेपालमा पनि धेरै विश्वविद्यालय, कलेज र विद्यालयले यसरी अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्।अनलाइनमार्फत् कक्षा लिन सकिन्छ र अनलाइन पठनपाठन कार्य पनि गर्न सकिन्छ।

भर्चुअल क्लासजस्तै सफ्टवेयर पनि धेरै छन्, जसमार्फत् यसरी अनलाइन कक्षा सहजै सञ्चालन गर्न सकिन्छ। अझ एउटा राम्रो कुरा( धेरैजसो यी सफ्टवेयर निःशुल्क पनि छन्।

गुगल क्लासरुमले गुगल ड्राइभ, गुगल डक्स, गुगल सिट्स, जिमेल सबैलाई मिलाएर शैक्षिक संस्थालाई कागजविहीन बनाउन सक्ने बनाएको हो। गुगल क्लासरुमका कक्षाहरू स्वतः गुगल ड्राइभमा कोर्स र क्लासअनुसार फोल्डर बनेर बस्छ।
माइक्रोसफ्ट क्लासरुम माइक्रोसफ्ट टिममार्फत् सञ्चालन गर्न सकिने माइक्रोसफ्ट क्लासरुम विद्यार्थी र शिक्षकबीच होमवर्क हेर्ने, परिमार्जन गर्ने, अनि गृहकार्यको प्रगति हेर्न सकिने हुन्छ। यसैमार्फत् माइक्रोसफ्टको क्लाउड ड्राइभ, वान नोट, आउटलुक क्यालेन्डर, इभेन्ट र रिमाइन्डर तोक्न सकिन्छ। माइक्रोसफ्ट क्लासरुम सञ्चालन गर्न अफिस ३६५ को शैक्षिक सब्स्क्रिप्सन हुनुपर्छ।
मुडल मुडल ओपन सोर्स लर्निङ म्यानेजमेन्ट सिस्टम हो, जुन आफ्नो आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ। तर, यसका लागि केही अतिरिक्त ज्ञानको आवश्यकता भने पर्छ। आफ्नै सर्भरमा होस्ट गर्ने वा आफ्नै स्कुल वा कलेजमा मुडल होस्ट गर्न पनि सकिन्छ।
जति नजिकको सर्भर लोकेसनमा होस्ट गरिएको छ, त्यति नै यो चलाउन छिटो हुन्छ। विद्यार्थीको वा प्रयोगकर्ताको सङ्ख्याका आधारमा यसको लोड गणना गरेर यसलाई कस्टम सर्भरमा राख्न सकिन्छ।
मुडल विन्डोज वा वेभमा आधारित संस्करणमा उपलब्ध छ। यो सजिलैसँग इन्स्टल गर्न सकिन्छ।छोटकरीमामुडल, माइक्रोसफ्ट टिम्स, गुगल क्लासरुम जस्तै अन्य विभिन्न ई(लर्निङ म्यानेजमन्ट सिस्टमका सफ्टवेयर एज अ सर्भिस ९सास०मा आधारित वा सशुल्क र ओपन सोर्स सामग्री उपलब्ध छन्।

एडमोडो एलएमएस, टिचर, ड्यासबोर्ड ३६५, ट्यालेन्ट एलएमएस, क्लासलाइफ, ब्राइटस्पेस, स्कुलोजी, लर्नड्यास, सिस एलएमएस, लर्नअपन, प्लानटुस्ट, टिचेबल आदि अन्य विभिन्न उपयोगी अनलाइन क्लासरुम तपाईँ आवश्यकताअनुसार प्रयोग गर्न सक्नुहुन्छ।(प्रकाश उप्रेतीले नेपाल न्युजमा लेखेका छन् । लेखक सूचना-प्रविधिका विद्यार्थी हुन्।)