अशक्त अधिकारी दम्पतीको घर निर्माणका लागि दुबइ बाट दुजमानले गरे  ५ हजार सहयोग 

अशक्त अधिकारी दम्पतीको घर निर्माणका लागि दुबइ बाट दुजमानले गरे  ५ हजार सहयोग 

राम बहादुर बिश्वकर्मा
प्युठान,अशक्त अधिकारी दम्पतीको घर निर्माणका लागि आर्थिक सहयोग जुट्ने कार्यले निरन्तरता पाइरहेको छ।

यसैबिच नेपालीको पीडा नेपाली कै मलम भन्ने उद्देश्य सहित देश बाहिर रहेपनी  सामाजिक कार्यमा सक्रियता देखाउदै आइरहेका गौमुखी-४ पुजा निवासी हाल दुबै मा रहदै आउनु भएका समाजसेवी,प्युठान स्वर्गद्वारी समाज युएई का संस्थापक अध्यक्ष तथा संरक्षक श्री दुजमान सुनार ले दुवैजना वोल्न नसक्ने घरवारविहीन अपांगता भएका दम्पती माण्डवि गाँउपालीका वडा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागी ५ हजार रुपैयाँ सहयोग गरेका छ्न।
हजारौं माइलको यात्रा पहिलो पाइला बाट नै सुरु हुन्छ भनेझैं एक एक रुपैयाँ हुँदै हजारौ लागतको कार्यक्रम एकै रुपैया बाट गर्न सकिने भएको हुदा शारीरिक अशक्त अधिकारी दम्पतीको घर निर्माणका लागि आफुले ५ हजार रुपैयाँ सहयोग गरेको सुनारले  बताए।
युवा हरेक समाजका ढुकढुकी भएकाले  कुनै पनि समुदाय कस्तो छ र रहनेछ भन्ने कुरा सोही समाजका युवाहरूमा निहित रहन्छ । उनले भने-" युवा कै कारण नेपाली समुदायमा विविध सामाजिक समस्या र परिवर्तन भैइरका छ्न। युवा मानसिकता नै विदेश पलायन को चपेटामा परिरहेको बेला यहि नेपाली समुदायमा अर्को एक युवा समूह छ, जसले उत्तरदायी युवा नेतृत्व को अपेक्षा गरिरहेको सुनारले बताए।
युवा अवस्थाको सम्पुर्ण जोश जागर राष्ट्रका लागि खर्च गर्ने तर अन्तिम बिकल्प अन्यत्र देशमा जानुपर्ने बाध्यता परेका युवाले आफ्नो देशमा रहेका अशक्त ब्यक्तिलाई सहयोग गर्नुपर्ने सुनारको भनाई छ।
शारीरिक अशक्त अधिकारी दम्पतिको घर निर्माणका लागि देशका विभिन्न ठाउँ र देशबाहिर रहेका ब्यक्तिले दिनानुदिन सक्दो सहयोग गर्दै आइरहेका छ्न भने आर्थिक संकलन अभियानको नेतृत्व सामाजिक अभियानता युवा हरि बस्नेतले गर्नुभएको छ।