विद्यार्थी खाेज्दै गाउँ-गाउँमा शिक्षक पुगेपछि बिध्यार्थी र अभिभावक खुसी 

विद्यार्थी खाेज्दै गाउँ-गाउँमा शिक्षक पुगेपछि बिध्यार्थी र अभिभावक खुसी 

राम बहादुर बिश्वकर्मा

प्युठान,चैत शुरु भएलगत्तै प्युठानका विद्यालयहरु कोरोना भाईरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम बढेकाले बन्द गरियो । विद्यालय बन्द भएको ६ महिना शुरु भइसकेको छ । अझैपनि कोरोना सङ्क्रमणको जोखिम ज्यूँका त्यूँ छ । तसर्थ विद्यालय खुलेका छैनन्, देशकै शैक्षिक गतिविधि ठप्प छ ।
बन्दाबन्दी (लकडाउन) शुरु भएर विद्यालय बन्द भएलगत्तै हालसम्म पनि औपचारिक कक्षा सञ्चालन हुन सकेको छैन ।
शहरी क्षेत्रका विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन पनि गरे । अनलाइन शिक्षण शहरका विद्यार्थीका लागि मात्रै जस्तो भयो । ग्रामीण भेगमा त्यो त्यति प्रभावकारी बनेन । विद्यार्थीको हातमा न मोबाइल थियो न इन्टरनेट नै । थियो त केबल अभिभावकमा तनाव ।

तस्बिर :बाल बिध्या माध्यमिक विद्यालयका शिक्षक गाउँमा पुगेर विद्यार्थीलाई सहजीकरण गर्दै । 

पछिल्लो समय भने जिल्लाका केही सामुदायिक विद्यालयले गाउँ-गाउँमा पुगेर विद्यार्थीलाई सहजीकरण गर्न थालेका छन् । कोरोनाको जोखिम रहेकै बेलामा शिक्षकहरु विद्यार्थीलाई पायक पर्ने गाउँ टोलमा पुगेर सहजीकरण गर्न थालेका हुन् । 
यस्तै विद्यालय तत्कालै खुल्ने अवस्था नरहेपछि प्युठान नगरपालिका ९ मरन्ठाना स्थित बाल बिध्या माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरु आफ्ना विद्यार्थी भएको गाउँमा पुग्न थालेका छन् ।
विद्यार्थीको सिकाईलाई निरन्तरता दिनलाई यस्तो अभियान थालिएको विद्यालयका प्रधानाध्यापक केशु गिरीले बताउनुभयो ।
गाउँ-गाउँमा पुग्नलाई विद्यालयले ६ वटा शिक्षकको टोलीको गठन गरेको छ । एउटा टोलीमा ३जना शिक्षक रहेका छन् । 
प्रधानध्यापक गिरीका अनुसार शिक्षक मास्क र स्यानीटाईजरको प्रयोग गर्दै घरदैलोमा पुग्छन्।
अनलाइनबाट गाउँका विद्यार्थीलाई सिकाई भरपर्दो नभएपछि शिक्षकलाई सहजीकरणमा पठाइएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार इन्टरनेटको पहुँचमा भएका विद्यार्थीलाई विद्यालयले बन्दाबन्दी शुरु भएपछि हालसम्म पनि निरन्तर जुम एप्सबाट अनलाईन शिक्षण गरिरहेको छ । “विद्यालय बन्द भएपछि निरन्तर अनलाइन कक्षा चलिरहेको छ । गाउँका विद्यार्थीमाझ त्यति भरपर्दो नभएपछि घरगाउँमै शिक्षक पुगेर सहजीकरण गराउन थालेका छौँ।-,”उहाँले भन्नुभयो । आफ्ना बालबालिकाले जोखिमको बेला घरगाउँमै शिक्षक पुग्दा  अभिभावक पनि खुशी भएको उहाँले जानकारी दिनुभयो ।

तस्बिर :एसइई उतिर्ण बिध्यार्थी सहित अभिभावक सङ्ग भेटघाट

सरकारले यसबर्षको शैक्षिकसत्र खेर जान नदिने बताएको छ । तर, कोरोनाको सङ्क्रमण दर न्यून नहुँदासम्म शैक्षिक संस्था सञ्चालनमा हतारो गर्न नहुने धाराण व्यक्त गर्नुहुन्छ  गिरी।
वैशाखदेखि शुरु हुने शैक्षिक शत्र यस वर्ष अझै शुरु हुने छाँट देखिदैन । लामो समय अन्तर भएकाले विद्यार्थीको सिकाईमा सहजीकरण गर्न टोलटोलमा पुगि गृहकार्य  गर्न लगाउने एसइई उतिर्ण गरेका बालबालिकालाई बधाई दिदै आबश्यक सहजीकरण गरिने प्रधानाध्यापक गिरीको भनाई छ ।
धेरै बिध्यार्थी एकै स्थानमा जम्मा गरि सहजीकरण गर्दा कोरोना सङ्क्रमण फैलने डर छ । त्यसैले टोलटोलमा पुगेर केहि बिध्यार्थिलाई सहजीकरण गरिएको शिक्षक पदम पौडेले बताउनुभयो । 
लामो समय विद्यालय बन्द हुँदा बालबालिकामा पढाई भन्दा डुल्ने, टिभी हेर्ने मोबाइलमा धेरै समय बिताउने जस्ता समस्या आउने गर्दा टोल शिक्षण सिकाइ वैकल्पिक माध्यमको रुपमा विकास भएको बाल बिध्या माविका शिक्षिका कल्पना गिरीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ।-"विद्यार्थी पनि शिक्षक गाउँमै आईपुग्दा पढ्नलाई आतुर देखिन्छन् । “धेरै लामो समय विद्यालय नआएको भएर होला पढ्नलाई आतुर पाइएको छ।,” 
हामिहरु गाउँमा पुगेपछि अभिभावक खुशी हुनुभयो । उहाहरुले हामीलाई सबै कुरा भन्नुभयो । अब तपार्इंहरु निरन्तर हाम्रो गाउँ आउनुहोला भनेर स्वागतसमेत गरेको गिरीले बताउनुभयो ।
“गाउँमा शिक्षक आएको हामीले देखेकै थिएनौं।, अभिभावक सिवा गिरीले भन्नुभयो। “हामिले भनेको मान्दैनथे अब त हजुर नै आउनुभयो अब त पढ्छन् कि।"
जिल्लाका केही विद्यालयले टोल शिक्षा सञ्चालन गरे पनि पछिल्लो पटक कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्ने भ्रम फैलिए पछि केही केही पालिकाहरूले टोल शिक्षा स्थगित गरेको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ।