प्युठानमा थप १७ जना कोरोना संक्रमित घर फर्किए 

राम बहादुर बिश्वकर्मा
प्युठान, प्युठानमा थप १७ जना कोरोना संक्रमितहरु निको भइ घर फर्केका छन्।

सोमबार जिल्लाका विभिन्न आइसोलेशन बाट उपचार पश्चात निको भइ १७ जना संक्रमितहरु घर फर्केको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कोरोना जितेर घर फर्केनेहरुमा स्वर्गद्वारी नपा ४ जना, ऐरवती गाउँपालिका ७ जना र नौबहिनी गाउँपालिका ६  जना गरि जम्मा १७ जना संक्रमितहरु निको भइ घर फर्केका हुन्।
योसँगै प्युठान जिल्लाबाट कुल ४ सय ३४ जना संक्रमितहरु निको भइ घर फर्किसकेको  जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ।
दुई साताअघि अस्पताल भर्ना भएका ती संक्रमितमा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको .जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदि ले बताए ।
उनले भने, आइसोलेसन बाट डिस्चार्ज भए पनि पुनः एक हप्ता होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ, ‘बिरामीलाई निको बनाएर पठाउँदा हामीलाई खुसी लागेको छ ।’ निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन्।