कोरोना सङ्क्रमणबाट प्युठानमा थप एकको मृत्यु

सीता बि क

प्युठान,गौतमबुद्ध अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट बुधबार मृत्यु भएको छ ।

जिल्ला अस्पताल प्युठानका सुचना अधिकारी पुस्कल श्रेष्ठका अनुसार स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।केही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उहाँलाई सास फेर्न समस्या भएपछि भाद्र १५ गते उपचारका लागि गौतम बुद्ध  अस्पतालको कक्षमा भर्ना गरिएको थियो । उहाँको बुधबार राती १०:३० मा मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

यो सँगै कोरोनाका कारण प्युठान मा २ जनाको मृत्यु भइसकेको छ ।
उनी पुर्ब भारतिय शैनिक रहेको बताइएको छ। 
त्यसगरी मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिकाका २ जना रहेका छन् ।