सन्तोषको एक प्वाइन्ट रगतले बेसहारा बृद्धको ज्यान जोगियो  

सन्तोषको एक प्वाइन्ट रगतले बेसहारा बृद्धको ज्यान जोगियो  

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ७ टिकुरी का सन्तोष परियारले आफ्नो एक प्वाइन्ट बि पोजेटिभ रगत दान गरेपछि प्युठान  अस्पतालमा एक बृद्धको ज्यान जोगिएको छ ।
रगत अभावमा अस्पतालको शैयामा छट्पटाईरहेका जिल्लाको प्युठान नगरपालिका ९ मरन्ठाना ठुलासिममा बस्दै आएका ६८ वर्षिय नोख बहादुर नगरकोटि लाई बुधबार दिउसो नेपालीले एक प्वाइन्ट बि पोजेटिभ रगत दिएर ज्यान जोगाईदिएका हुन् ।
बुढाथोकीलाई रगतको कमि भएपछि उनका संरक्षकले प्युठान अस्पतालमा  भर्ना गरेका थिए । 
उनलाई आवश्यक बि पोजेटिभ रगत कतै नभेटिएपछि अस्पतालले उक्त रगत खोजेको थियो ।
रगत अभावमा अस्पतालमा छट्पटाई रहेको खबर पाएपछि उनलाई आवश्यक परेको रगत आफ्नो संग मिलेपछि आफुले रगत दिन तयार भएको नेपालीले बताए ।
विशेष गरि कोरोनाको कहर र लकडाउनले गर्दा रगतको आबस्यकताको महसुस संगै मानबिय सेवा पूरा गर्नु एउटा जिम्मेवार युवाको कर्तव्य हो भन्दै परियाारले भने-"कुनै खोला कुवामा पानी छुदा अछुत नहुने तर भाडामा राख्दा अछुत हुने ब्लड बैंकमा कुन जातको रगत हो भनी सोधिदैन। मेरो रगतले यी बेसाहारा बृद्धको ज्यान बचाउन सकिन्छ भन्ने लाग्यो म खुशि छु।"

तस्बिर :युवा ब्यबसायी सन्तोष परियारले बेशाहारा नोख बहादुर नगरकोटिलाई रक्तदान गर्दै

कुनै चल अचल सम्पती नभएका नगरकोटिलाई प्युठान नगरपालिका ९ का वडा अध्यक्ष नेहरसिह के सि ले केही समय देखि आफ्नै घरमा हेरचाह गर्दै आएको प्युठान नगरपालिका ९ का वडा सचिब धुर्ब जि सि ले जानकारी दिए।

पछिल्लो समयमा पहिलेको जस्तो जिल्लामा रगतको अभावमा जनताहरु समस्यामा नपरेको नेपाल रेडक्रस सोसाइटिका ल्याब असिस्टेन्ट सन्तोष अधिकारीले बताए।